साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं भदौ १४ ।
अफगानिस्तानबाट उद्धार भएका नेपालीहरूमध्ये आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट पाँच जना तथा सोमबार टर्किस एयरको नियमित उडानबाट ४५ जनासमेत थप ५० जना स्वदेश फर्केका छन् ।
हालसम्म कुल आठ सय २८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा उद्धारको पर्खाइमा ३४ जना नेपाली छन् । ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आगमन पश्चात् कोभिड– १९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार कोभिड– १९ परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend