logo
  • आइतबार, असोज ११ २०८३

घरको गारो भत्किँदा एक बालिकाकाे ज्यान गयाे


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, बुटवल भदौ १३।
पाल्पामा घरको गारो भत्किँदा च्यापिएर १० वर्षीया बालिकाको ज्यान गएको छ। तानसेन-५ कैलाशनगरका नारायण दर्जीको एक तले कच्ची घरको पछाडिको गारो भत्किँदा च्यापिएर उहाँकी १० वर्षीया छोरी नैना दर्जीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहान ४ बजेतिर एक्कासी घर भत्किँदा गम्भीर घाइते भएकी नैनालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend