logo
  • शनिबार, साउन ३० २०८३

काबुल बिमानस्थल आक्रमणमा १३ अमेरिकी सेना सहित १६९ जनाले ज्यान गुमाए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

एजेन्सी, भदौ ११ ।
काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या १६९ पुगेको छ । मृत्यु हुनेहरुमा १३ जना अमेरिकी सेनाहरु रहेका छन् । घटनामा अझ धेरैको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको जनाइएको छ । अफगानिस्तानको विमानस्थलमा आक्रमणको खतराको चेतावनी आइरहेको बेलामा बम विष्फोटको घटना भएको हो ।

तालिबानको कब्जा लगत्तै देश छाड्न चाहने अफगानहरुले विमानस्थलबाहिर हरेक दिन भींडभाड गर्दै आएका थिए । मृत्यु हुनेमा बालबालिकाहरु समेत रहेको जनाइएको छ । आत्मघाती आक्रमणकारीले बम विष्फोट गराएको पुष्टी भएको छ ।

हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको घटना भएको हो । बिष्फोटपछि पनि उद्दारकार्य भने जारी रहेको छ ।

२४ घण्टामा १२ हजार ५ सयको उद्दार भइसकेको छ । अहिलेसम्म अफगानिस्तानबाट १ लाख ११ हजारको उद्दार गरिसकिएको छ । जसमा ५ हजार १ सय अमेरिकी नागरिकहरु रहेका छन् ।

तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend