logo
  • शनिबार, भाद्र २० २०८३

मदन भण्डारी स्पोर्ट एकेडमी इन्डियाको अध्यक्षमा सिंजाली


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सुबास बस्नेत, नयाँ दिल्ली ।
खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मुल नारा सहित सुरु गरिएको मदन भण्डारी स्पोर्ट एकेडमी इन्डियाको  पहिलो कार्यकाल सम्पन्न गरेको छ।
कार्यकाल सकिए संगै बुधबार होटल जेनिफिर इन्टरनेशनल, करोलबाग स्थित नयाँ दिल्लीमा  मदन भण्डारी इस्पोर्ट एकेडमीका प्रवास इन्चार्ज तथा मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाका संस्थापक गोपाल थापाको प्रमुख आतिथ्यतामा बसेको बृहत बैठकले नयाँ कार्यसिमितिको गठन गरेको  हो। पुर्व उपाध्यक्ष कुल बहादुर सिंजालीको अध्यक्षतामा तेह्र सदस्यीय नयाँ समिति गठन गरेको छ।  जसमा  एकडेमीका पुर्व प्रेस संयोजक सुबास बस्नेतलाई महासचिवमा चयन गरिएको छ।  त्यसैगरी  पदाधिकारीहरुमा क्रमशस् पहिलो उपाध्यक्ष पदम गाहा, दोश्रो उपाध्यक्ष एडवोकेट नन्दा शर्मा, सचिवहरुमा निरन्जन मल्होत्रा र सुस्मिता शर्मा चयन भएका छन । कोषध्यक्ष वीर थापा, सदस्यहरुमा हरि रोका मगर, पूर्णराज श्रेष्ठ, निर्मला शर्मा, आस बहादुर सारु , युधिस्ठिर कुमार, र गंगा गुरुङ रहेका छन्।

त्यसैगरी  एकेडेमीले तिन सदस्यी सल्लाहकार समिति गठन गरेको छ जसमा प्रमुख सलाहकार कृष्ण शर्मा, विशेष सल्लाहकार कमल पण्डित र सल्लाहकार छबिलाल जोशीलाई मनोनित गरेको छ।  मदन भण्डारी फाउंडेशन अंन्तर्गत संचालित मदन भण्डारी इस्पोर्ट एकेडमी नेपालले मित्र राष्ट्र भारतमा वैधानिकता पाय संगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आयको छ । खेल प्रति अभिरूची भएका तर खेल्ने वातावरण बाट बंन्चित प्रवासी खेलप्रेमी साथीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याऊने र सहज खेल वातावरण सिर्जना गर्ने उदेश्य र खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भंडारी इस्पोर्ट एकेडमी इन्डियाको स्थापना गरिएको हो ।

खेल र खेलाडीहरुको लागि उच्च सम्मान गर्दै आफ्नो खेल संचालनले छोटो समयमा नै धेरै उपलब्धिहरु हासिल गरीरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरुसंग पनि इंडो नेपाल मैत्रीपूर्ण खेलहरु सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भंडारी इस्पोर्ट एकेडमी इंडिया अधिकारिक खेल सस्थाको रुपमा स्थापित भएको हो । स्मरण रहोस एकेडेमीले भारत प्रवासमा रहेका भलिबलखेल प्रेमीहरु बिच सन 2017 बृहत खेल आयोजना गरेको थियो ।

त्यस्तै सन  2019 मा एकेडेमीले मदन भण्डारी टि-20 क्रीकेट च्याम्पियनसिप 2019 जस्तो बृहत र एतिहासीक कार्यक्रमको आयोजना गरेको थियो । जुन कार्यक्रम नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा र भारतका लागी नेपाली महामहिम राजदुत निलाम्बर आचार्यको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल प्रशिद्द इन्द्रेणी कलाकार टिमको समेत उपस्तिथि रहेको थियो । जस्ले प्रवासी खेलाडीहरुमा उच्च प्रोत्साहन र मनोबल बढनुका साथै खेल प्रति अभिरुचि देखिएकोछ ।

मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाले इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजनाको पुर्व तयारी गरिरहेको र कोभिड सामान्य हुना साथ खेल आयोजना गरिने प्रवास इन्चार्ज गोपाल थापाले बताउनु भयो कोभिड महामारीलाइ मध्यनजर राख्दै सानो स्तरमा भेला राख्दै कार्यक्रम सम्पन्न गरीए थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend