logo
  • आइतबार, असोज ११ २०८३

तम्घासको खानिगाउँमा लक्ष्मी भलामीले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी भदौ १०।
घरको चुलोचौकोमा व्यस्त रहने महिलाहरु बिस्तारै कृषि तथा पशुपालन व्यवसाय तर्फ आकर्षण हुन् थालेका छन् । घरको काम सँगैसगै गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी लक्ष्मी भलामी व्यवसायिक रुपमै बाख्रा पालन गर्दै आएकी छन् ।
घरको काम सँगसगै बिभिन्न पेसा, व्यवसाय गर्न थालेपछि केही समय यता महिलाहरु पनि आत्मनिर्भर बन्न व्यवसाय गर्न थालेका छन् । २ बर्ष अघि केहि बाख्रबाट व्यवसायिक रुपमै सुरु गरेकी लक्ष्मी भलामीकोे गोठमा अहिले बाख्राले भरिएको छ। उनको दैनीकी अहिले बाख्रासँग घाँस, दाना पानीमै बित्ने गरेको छ । उनले लक्ष्मी कृषि तथा पशुपंक्षी फम मार्फत बाख्रा पालन गर्दै आएकी छन् । विशेष गरी गाउँका महिलाहरुले घरमा दुई चार वटा बाख्रा पालेर घरखर्च चलाउने गर्दछन् ।

तर पछिल्लो समय यता महिलाहरु पनि ठूलाठूला फमहरु सञ्चालन गर्न पनि थालेका छन् । भलामीको बाख्रा पालनको मेहनत देखेर महिलाले केही गर्न सक्तैनन् भन्ने हाम्रो समाजको मान्यतालाई तोडेकी छन् । उनको फाममा ४६ वटा माऊ बाख्रासहित स्थानीय र बोयर जातका बाख्रा छन् । केहि व्यवसाय गरौं भनेर बाख्रा पालन गर्न सुरु गरेको व्यवसायी भलामीले बताइन् ।

उनको बाख्रा फममा उत्पादन भएका बोकाहरु बेच्नको निम्ति तयार हुदैछन् । बाख्रा फमलाई अझै बिस्तार गरेर बाख्राहरु पनि थप्दै जाने बताइन् । अहिले आम्दानी भन्दा पनि बाख्रा थप्दै फामलाई ठूलो बनाउने संकल्प उनको रहेको छ । बाख्रा पालन व्यवसायबाट आफु सन्तुष्ट रहेको उनको भनाई छ । घरमा खाली बस्नु भन्दा केहि व्यवसाय गरे समय बिताउन नी सजिलो हुने र आम्दानी पनि गर्न सकिने भएकाले व्यवसायिक रुपमै बाख्रा पालन गरेको बताइन् ।

अन्य व्यवसाय भन्दा कृषि व्यवसाय आफै मालिक भइने र ग्राहक कहिले आउला भनेर कुर्न नपर्ने भएकाले पनि कृषि व्यवसाय छनोट गरेको व्यवसायि लक्ष्मी भलामीले बताइन् बोकाको मासुको बजार मूल्य राम्रो भएपछि पशुपालन व्यवसायमा कृषक आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend