साझा नेटवर्क
अनिल खत्री
९ भदौ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पहिलो पटक अंगुर खेतीको परीक्षण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ खानिगाउँमा ३ वर्ष अगाडी परीक्षणका लागि लगाएको अंगुरमा फल लागेको हो ।कृषि क्षेत्रमा नयाँ नयाँ व्यवसायको परीक्षण आकर्षण बढ्न थालेको छ । गुल्मी जिल्लाको सरदमुकाम तम्घासमा व्यावसायिक रुपमै अंगुर खेती गर्न परीक्षण सफल भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ निवासी प्रकाश भलामीले अंगुर खेतीको परीक्षण गर्नु भएको हो । ३ वर्ष पहिले भैरहवाबाट चिनी जातको अंगुरका बिरुवा ल्याए टनेलमा लगाइएको अंगुरमा अहिले फल्न थालेको छ ।गुल्मी जिल्ला र सदरमुकाम तम्घासमा खेती गर्न सकिने उनले बताए । कृषक भलामीका अनुसार स्वाद पनि गुलियो र झुप्पामा अंगुर लटरम्भ फलेको छ ।
अंगुरका बिरुवा टनेर भित्र र बाहिर फरक फरक ठाउँमा लगाएर परिक्षण गरेको उनको भनाई छ ।खुल्ला ठाउँमा लगाइएका भन्दा टनेल भित्र राम्रो फलेको भलामीले बताए । भलामीले पहिलो पटक ५० किलो अंगुर उत्पादन गरेको बताए । केहि बिक्री गरेको र धेरै जसो हेर्न जानेहरुलाई खान दिएको उनले बताए । परीक्षणका लागि लगाएका अंगुर राम्रोसँग फलेपछि अब व्यवसायिक रुपमै नर्सरी गर्ने सोच रहेको भलामीले बताए ।
अंगुर खेती गुल्मी जिल्लाको लागि नौलो व्यवसाय पनि हो । गाउँघरमा केहि एक दुइवटा बोट लगाए पनि धेरै परिमाणमा भने अंगुर खेती गरेको पाइदैन् ।बजारमा विदेशबाट ल्याएको र विषादी राखेको अंगुरको तुलनामा तम्घासमा उत्पादन भएको अंगुर फरक खालको स्वादिलो र स्वस्थकर हुने भलामीको भनाई छ । अंगुरका बिरुवा खोज्नेहरु समेत बढीरहेकाले बिरुवा बिक्री उत्पादन गरेर बेच्ने सोच बनाएको उनले बताए । हिउँदको समयमा बिरुवा तयार गरेर वर्षा याममा जेठदेखि असार महिनाभित्र अंगुरको बिरुवा रोप्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend