logo
  • शुक्रबार, असोज ९ २०८३

“काभ्रे फेस्ट सिजन २”को अडिसन सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काभ्रे भदौ ८ ।
एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट -सिजन २” को अडिसन सम्पन्न भएको छ । बिगत २ वर्षदेखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपामा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरुको सहकार्यतामा शनिबारको दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डको पालना गरि सम्पन्न गरिएको छ ।
उक्त अडिसनमा सहभागीहरुको बाक्लो उपस्थिति रहेतापनि महिला तर्फबाट २० जना र पुरुष तर्फबाट ६ जना गरि छनौट गरिएको छ। यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु.१००० राखिएको थियो भने हालको पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका आयोजक नितिन कायस्तले जानकारी दिनु भयो।

उक्त कार्यक्रमलाइ राष्ट्रिय मोडेलिङ्ग संघ काभ्रे, यूरेका लियो क्लब बनेपा, यूरेका लियो क्लब काठमाडौँ, सौन्दर्य कलाकर्मी संघ -काभ्रे र नया युवा नया सोच काभ्रे संघले सहयोग गरिरहेका छन् । कोभिड -१९ स्वास्थ्य सम्बन्धि सम्पूर्ण सामग्रीहरु भूमि अस्पताल -बनेपाले उपलब्ध गराएका थिए।

छनौटमा परेका सम्पूर्ण युवा -युवतीहरुलाइ यहि आउदो बुधबार देखि प्रसिक्षण प्रदान गरीनेछ।जहाँ हामी मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।

वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट -सिजन २” एउटा सुनौलो अवसर रहेको छ । काभ्रे फेस्ट, युवा-युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटीको प्रतिस्पर्धा हो,जहा बिबाहित -अबिबाहित, महिला पुरुष दुवैले सहभागिता जनाउन पाएका छन् ।

अन्तिम अडिसन को निर्णायकका रुपमा प्रसिद्ध सौन्दर्य कलाकर्मी एबम समाजसेबी रुसका बैद्य त्येसैगरि बनेपा सौन्दर्यकर्मीका अध्यक्ष एबम योगा प्रशिक्षक सोभा थापा नकर्मी, मोडलिङ् संघ काभ्रेका अध्यक्ष एबम प्रोदुसर/डइरेक्टर जिबन खड्गी र क्यस्तोलो कस्मिरि पश्मिनाका संचालक-युवा ब्यबसायी प्रकाश बोलाखे रहेका थिए ।

हामीले गरिने कुनैपनि प्रतियोगितामा सहभागिले न त परिचयात्मक चरणमा बोल्नुपर्छ न प्रश्न/उत्तर चरणकै सामना गर्नुपर्ने हुन्छ । हामीले समग्र मुल्यांकन सहभागिको मोडल व्यक्तित्व तथा मोडलिङमा अभिरुचि, फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ ।

वर्तमानको स्थितिमा सुधार भए पश्चात उक्त प्रतियोगिताको अन्तिम चरण बनेपामा गरिने भनि यस एल एंड एन मोडेल एजेंसीका कार्यक्रम आयोजक कमिटि सुशील सैंजु र शिशिर पाण्डेले साझा नेटवर्कलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend