साझा नेटवर्क
किरण अधिकारी, गुल्मी भदौ ७।
गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौरमा अन्य बिभिन्न दलबाट दर्जनौं कार्यकर्ताहरु नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । इस्मा गाउँपालिकामा रहेका नेकपा एमालेका जनप्रतिनिधिहरुबाट असन्तुष्ट भई एमालेका र पार्टी को कार्याशैली बाट असन्तुष्ट भएका माओवादी लगायत अन्य दलबाट दर्जनौ कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश हुन् ।
सोमबार उनीहरुलाई नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी, कोषाध्यक्ष हरि बहादुर खत्री, जिल्ला सदस्य चन्द्र महत, क्षेत्रीय सभापति भगतसिंह खड्काले स्वागत गरेका छन् । त्यस्तै नेपाली काँग्रेस इस्माका जागरण कार्यदल संयोजक कृष्ण प्रसाद रिजाल, इस्मा गाउँपालिका – १ का वडा अध्यक्ष चुरा बहादुर खत्री, तरुण दलका क्षेत्रीय सभापति झविन्द्र अर्याल, सन्तोष थापा, मालिका गाउँपालिका छायाँ सरकार प्रमुख उपेन्द्र अर्याल लगायतका नेपाली कांग्रेसका स्थानीय नेताहरुले समेत उनीहरुलाई भव्य रुपमा स्वागत गरेका छन् ।
इस्मा गाउँपालिकामा हुने हरेक विकास निर्माणका कार्यहरूमा आफ्ना मान्छेलाई पोस्ने काम भएको काँग्रेसमा प्रवेश गर्नेहरुले बताएका छन् । उनीहरुले यहाँका जनप्रतिनिधिले राजनीतिक आग्रह पूर्वाग्रह राखेको आरोप लगाएका छन् । गाउँपालिकामा हुने हरेक क्रियाकलापमा अनियमितता भएको उनीहरुले बताए । गरीब, दीन दुःखीलाई हेरेर काम गर्ने बेला इस्माका जनप्रतिनिधिहरुले आफ्ना आसेपासे र नातेदारहरुलाई प्राथमिकता दिएको बताइएको छ ।जनप्रतिनिधि हरुका गतिविधिहरु प्रति चरम असन्तुष्टि जनाउँदै कांग्रेसले अगाँलेको बिपीको समाजवादको सिद्धान्तमा एकताबद्ध हुन काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।
पार्टीमा नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै सचिव पन्थीले बीपीले परिकल्पना गरेको समाजवादको बाटोमा विचलित नभई पार्टी संगठनमा लाग्न सबैलाई आग्रह समेत गरे । उनले काँग्रेस सधैँ गरीब, दलित, सत्य र न्यायको पक्षमा काम गर्ने तथा अन्याय, अत्याचार र भष्ट्रचारका विरुद्ध लड्ने पार्टी भएको बताए । उनले देश र जनताको पक्षमा काम गर्ने पार्टी काँग्रेस भएको उल्लेख गरे । रामेश्वर आर्यालको सभापतित्व रहेको कार्यक्रममा नरेन्द्र कुँवरको स्वागत तथा गोकर्ण खत्रीको सञ्चालनमा भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend