साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु भदौ ५ ।
रक्षा बन्धन तथा जनै पूर्णीमाको अवसरमा राष्ट्रका लागि युथ युनिटी वेयलफेयर एसोसियसनले प्रहरीसँग पर्व मनाउने भएको छ । ईलाका प्रहरी कार्यालय पिपरा स्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरुको साथमा रक्षाबन्धन तथा जनैपूर्णीमा पर्व मनाउने गरी तयारी गरिएको युथ युनिटीका सदस्य सिर्जना आचार्यले जानकारी दिनुभयो ।
राष्ट्रको सेवामा अग्र पंक्तिीमा खटिएका सुरक्षाकर्मीसँग पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको साथमा रक्षाबन्धन पर्व मनाउने तयारी गरिएको आचार्यले बताउनुभयो । युथ युनिटी वेयलफेयर एसोसियसनको आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो ।
बिहान १० बजे आयोजना गरिएको कार्यक्रममा प्रहरी जावनहरुसँग पर्वको खुसीयाली साटासाट गर्ने संस्थाका अध्यक्ष सागर बञ्जाडेले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend