साझा नेटवर्क
काठमाण्डौ, भदौ २ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यो अध्यादेश जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले यो अध्यादेश जारी गर्नुभएको उल्लेख छ । दल विभाजन लाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले हिजो अध्यादेश सिफारिस गरेको थियो । अध्यादेश सिफारिस भएदेखि नै सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले विरोध गर्दै आएका छन् ।
राजनीतिक दल सम्बन्धी व्यवस्था अनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत प्रतिनिधित्व हुने गरी मात्रै दल विभाजन गर्न पाउने व्यवस्था रहेकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पु¥याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
अध्यादेशबाट एमालेको माधव कुमार नेपाललाई दल विभाजन गरेर अर्को दल गठन गर्न सजिलो हुने बताइए पनि तत्काल माध्व नेपाल समूह लाई सङ्ख्या पुग्ने देखिँदैन । अध्यादेशले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई भने पार्टी फुटाउन सजिलो भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend