logo
  • आइतबार, असोज ११ २०८३

रूपन्देहीमा भदौ १५ गतेसम्म थपियो निषेधाज्ञा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, रुपन्देही साउन ३२।
रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि थपिएको छ । सोमबार दिउँसो बसेको डिसीसीएमसीको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।

तीज नजिकिदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको छ । कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend