साझा नेटवर्क
कतार, साउन ३१ ।
नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवस मनाएको छ । कार्यक्रम १३ अगस्ट शुक्रबारको दिन संस्थाका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको सभातित्वमा, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बराम ज्यूको प्रमुख आतिथ्यमा जूम भर्चुअलको माध्यमबाट शुभकामना आदान प्रदान गर्दै भब्य रुपमा मनाएको हो ।
केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल र नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष जैबी राई, नेफिन द कोरियाका अध्यक्ष युगेन तेडुप शेर्पा, नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ, नेफिन मलेसियाका अध्यक्ष बिपिन राई लगायत नेफिन प्रवास संबन्धन संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, त्यसैगरी नेफिन कतारका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष शिव कुमार भुजेल, विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देबराज राई, सल्लाहकार तथा पुर्ब अध्यक्ष सियाराम चौधरी, संस्थापक सदस्य तथा सल्लाहकारहरु बिल बहादुर गुरुङ, सुक बहादुर तमाङ, सल्लाहकार तथा पुर्ब उपमहासचिव धिरज चाम्लिङ, सल्लाहकारहरुमा शंखलाल तामाङ, रस गुरुङ, नियम भुजेल र सामुयल सुनुवार विशिष्ट अतिथि रहनु भएको थियो ।
त्यसैगरी अतिथिहरुमा प्रवासी नेपाली मंचका महासचिव प्रभात त्रीपाठी, प्रवासी नेपाली मंच कतारका अध्यक्ष रामहरि गैरे, नेपाली जनसम्पर्क समितिका कावा सभापति ठाकुर परियार ज्यू, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष रकमध्वोज राई ज्यू, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान, संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रेखा राई, नेपाल पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल, नेफिन कतारमा आवद्ध जातिय (मातृ) संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत महासंघमा आवद्ध १४ वटै मातृ संस्थाहरुवाट सकृय सदस्यहरु साथै देश तथा विदेशवाट जोडिनु भएका आदिवासी जनजातिहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई संस्थाका उपमहासचिव धिरेन तामाङले स्वागत मन्तव्यवाट स्वागत गर्दै दिप प्रज्वलन, नेपाली राष्ट्रिय गान र आदिवासी गितबाट सुरु भएको उक्त कार्यक्रममा संस्थाका विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देवराज राईबाट संस्थागत सम्क्षिप्त परिचय तथा गतिविधी र संस्थाका सल्लाहकार तथा पुर्व अध्यक्ष सियाराम चौधरीले संस्थागत अवधारणा तथा कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो ।
२७ औं विश्व आदिवासी दिवसको शुभकामना आदान प्रदान गर्ने क्रममा नेफिन कतारको सम्पुर्ण मातृ संस्थाको तर्फबाट प्रवसी भिजेल समाज कतारका अध्यक्ष वीर बहादुर भुजेल, पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान, नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष रकम्ध्वोज राई, नेपाली जनसम्पर्क समिती कतारका कार्यवाहक अध्यक्ष ठाकुर परिवार, प्रवासी नेपाली मञ्च कतारका महासचिव प्रभात त्रिपाठी, त्यसैगरी नेफिन इजरायलका बरिष्ट उपाध्यक्ष नानिमाया योन्जन तामाङ, नेफिन द कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, नेफिन कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैबी राईले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
त्यसैगरी विषिस्ठ अतिथी नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङले शुभकामना मन्तब्य तथा आफ्ना भनाई राख्नु भएको थियो । विशिष्ठ अतिथी नेफिन केन्द्रका उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छ्न्त्यालले आदिवासी जनजातिहरुको हक अधिकारको निम्ति अझ जुझारु भएर आन्दोलित हुनु पर्ने कुरामा जोड दिदै शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसैगरि उक्त कार्यक्रमका प्रमुख अतिथी तथा नेफिन केन्द्रिय अध्यक्ष जगत बरामले सुभकामना मन्तव्य सङसगै महत्त्वपूर्ण भनाईहरु राख्नु भएको थियो।
अन्त्यमा संस्थाका कार्यवाहक अध्यक्ष तथा सभापती भाइकाजी गुरुङले कार्यकमा उपस्थित सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गर्नु भएको उक्त कार्यक्रम नेफिन कतारका महासचिव एकराज राईले संचालन गर्नु भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend