logo
  • शनिबार, भाद्र २० २०८३

व्यावसायीकरण हुन नसकेका गाउँघरका आरन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

किरण अधिकारी, गुल्मी  साउन ३१।
देशमा जुनसुकै व्यवस्था आएपनि जुनसुकै सरकार आएपनि हाम्रो समाज जति परिवर्तनशील र आधुनिकता तिर गएपनि गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं ३ ठाडुङ्गामा आरन पेशा गर्दै आएका बिश्वकर्मा समुदायका बाध्यता र विवसता जिउको तिउ छन,। अझै पनि व्यावसायिक रूपमा आफ्नो पेशालाई अगाडि बढाउन सकिराखेका छैनन्।
उही पुरानै परम्परागत शैली अनुसारको आफ्नो कर्म निरन्तर रूपमा गरिराखेका छन्। हिजोका अग्रज बाउ बाजेहरुले जुन किसिमले यो पेशा गर्न सिकाए आजपनि त्यही अनुसार गर्दै आएका छन अहिलेका पिडिहरूले पनि। (उनिहरूको भाषामा) बाउ बाजेहरुले कमाएका बिष्ट बिष्टेनी हरूको काम गर्दै आएका छन्।

बाल्यकाल देखि नै आरनको काम गर्दै सोही ठाउँमा बसोबास गर्ने एउटा प्रतिनिधी युवा हुन पुर्ण बहादुर बिश्वकर्मा। उनले यो काम सिकेको ९–१० वर्ष कै उमेरमा हो , उतीबेला हल्का फुल्का काम गर्ने पुर्ण बाबुको मृत्यु पश्चात उनी निरन्तर यहीं काम गर्दै आएका छन् । उमेर ले अहिले २८ वर्ष पुगेका पुर्ण नितान्त यही काम मात्र गरेर ६ जना परिवार को खर्च जुटाउँदै आएका छन् ।

कमाई खासै हुदैन दुःख धेरै गर्दापनि परिवार पाल्न लाई सार्है गार्हो हुने उनले बताए। पहिला जस्ता जमाना छैनन् खर्च बढ्दो छ समय अनुसार चल्नै पर्ने तर आफुले गर्दै आएको पेशाको स्तरोन्नति हुन नसक्दा पुर्ण सार्है निरास छन। यो अवस्था अधिकांश उनी जस्तै पेशा गर्नेहरूको ‌पनी हो।

स्थानीय चुनाव पुर्व नेताहरुले खुब आश्वासन दिए, तर चुनाव भैसकेपछि ति आश्वासन पुरा गर्न सकेनन । स्थानीय सरकार ले केहि गर्छ होला हाम्रो लागि भन्ने ठुलो आस थियो तर जति आश गरेका थियौं ति सबै पुरा हुन सकिराखेका छैनन्। अझै पनि उनिहरुको एउटै माग छ ।

यो पेशा लाई व्यबसायिक रूपमा अगाडि बढाएर केही आर्थिक उपार्जन गर्दै चलिरहेको यो परम्परागत शैलीलाई तोडेर नगदी आम्दानी गर्ने। त्यसको लागी अल्ली महंगो पर्ने आधुनिक मेशिन तथा औजारहरू को आवश्यकता पर्ने हुनाले त्यस्को व्यवस्था स्थानीय सरकार ले गर्दिन सक्यौ भने मात्र व्यवसायिक रूपमा अगाडि बढ्न सकिन्थ्यो कि भन्ने उनिहरुको आश छ।

यो पेशाको लागि चाहिने अति आवश्यक औजारहरू उपलब्ध गराइदिनु हुनको लागि स्थानीय सरकार समक्ष माग प्रस्तुत गरेका छौँ। केही औजारहरू त उपलब्ध गराएको छ। तर अति आवश्यक पर्ने औजारहरू को अझै पनि अभाव भएको हुँदा ति सामाग्रीहरु पनि छिट्टै उपलब्ध गराई दिने आश्वासन स्थानीय सरकार दिएको उनिहरूको भनाई छ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट का अनुसार आरनको पेशा गर्दै आएका वर्ग हरूको अवस्था स्थानीय सरकार आउनु पुर्व निकै दयनिय थियो। जब स्थानीय सरकार आईसकेपछि ती लक्षित वर्ग हरूको लागि विभिन्न किसिमका कार्यक्रम स्थानीय सरकारले ल्याएर थोरै भए पनि आलो घाउमा मलाम पट्टी लाउने काम गरेको उनले बताए ।‌

विभिन्न किसिमका आधुनिक औजारहरू पनि वितरण गर्दै आएको र केही समय अगाडि मात्र वलडिङ्ग गर्ने मेशिन, ग्यालेडर, लगायत औजारहरू पनि वितरण गरेको र यती मात्र पुर्ण भएको छैन। अझै पनि गर्नुपर्ने काम धेरै छन तर कोरोना माहामारीले गर्दा त्यति प्रभावकारी रुपमा अगाडि बढ्न सकिराखेका छैनौं उनले भने।

हामीले यी र यस्ता किसिमका विषय वस्तु लाई समेटेर नयाँ कार्ययोजना तयार पारेका छौ। आरन पेशा गर्न हरुलाई छिट्टै व्यबसायिक रूपमा अगाडि बढाउन को निमित्त नविन ढंगबाट गृहकार्य चलिरहेको पनि छ उनले बताए। रहेका बाँकी काम पनि यहीं स्थानीय सरकारले नै गर्छ ।

यती छिट्टै निराश नहुन आग्रह गर्दै यो सरकार सर्वहारा श्रमजीवी वर्ग हरूको लागि बनेको हुदाँ आम नागरिकका मुद्दा लाई सम्बोधन गर्दै आएको र रहेका बाँकी मुद्दाहरू पनि यथाशीघ्र सम्बोधन गर्न, अध्यक्ष बिष्ट ले जानकारी दिए।

फिल्ड अबलोकन गर्दै गर्दा आरन पेशा गर्न त्यती सजिलो छैन। दुख धेरै छ भने आम्दानी ज्यादै न्युन छ। धेरै जसो ले त अझै पनि बालिघरे को रूपमा काम गर्दै आएका छन् , थोरै मात्र नगदी कारोबार हुदोरहेछ। आधुनिक औजारहरूको कमी एकदमै रहेछ हावा फाल्ने मेशिन हातले घुमाउनु पर्ने अवस्था रहेछ। यसमा बिजुली बाट चल्ने मेशिन जडान गर्न सकिन्छ।

फलाम पोल्नको लागि अति आवश्यक पर्ने कोइला उत्पादन गर्नको लागि धेरै गाह्रो रहेछ। बारीमा दाउरा नहुँदा जंगल जंगल डुलेर जंगल मै आगो बालेर बल्ल कोइला उत्पादन गर्दा रहेछन्। यसलाई पनि नयाँ प्रबिधी अनुसार सुधार गरे पक्कै सहज हुने थियो।

त्यसैगरी हातले फलाम पिटेर फलाम लाई आवश्यकता अनुसारको ढाँचा मा परिणत गर्न हातले रहेछ । हातले धेरै फलाम पिट्दा निकै बल प्रयोग हुने रहेछ। यसमा पनि आधुनिक मेशिन जडान गर्न सकेको खण्डमा काम गर्न धेरै सजिलो र छरितो हुने काम पनि दोब्बर हुने थियो।

समग्र बस्तु स्थिति लाई हेर्दा धेरै दुख र कठिनाइ खतरा पुर्ण काम यसैमा पनि पारिश्रमिक निकै कम जति दुःख गरेपनि जिविकोपार्जन गर्न सार्है गार्हो ‌भएको हुदाँ राज्य को ध्यानाकर्षण गराउनु आवश्यक छ, भने स्थानीय सरकारले उचित किसिमको ब्यबस्था मिलाएर यी र यस्ता किसिमका व्यवसाय गर्ने हरूको लागि महत्व दिनुपर्छ ।

ताकी आरन ब्याबसाय बाट पनि मनग्य पैसा कमाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नु जरुरी छ। यो समय भनेको आधुनिक जमानाको हो नयाँ नयाँ टेक्नोलोजी प्रयोग गरेर कुनैपनि काम लाई सहज र छरितो बनाउने समय हो। अब पनि काम गर्न पुरानै शैली अप्पाउने हो भने देखि कुनैपनि क्षेत्रमा चाहेको प्रतिफल हासिल सकिदैन।

त्यसैले गुजारामा मात्र सिमित भएको यो आरन पेशालाई अब नयाँ ढंगबाट अगाडि बढाउनु पर्छ,। तब मात्र यो पेशालाई अंगाल्न खोज्ने भोलिका पिडिहरू कुनैपनि समस्या नहोस्। यता तर्फ सरकार देखि सम्पुर्ण सरोकारवाला हरूले सोच्नु पर्ने बेला आएको छ। नत्र भने आरन पेशा गरेर खानेहरु धरासायी हुने छन ।

गाउघरमा यो पेशामा लाग्ने कुनैपनि मानिस गाउँमा नभेटीने र हराउदै गाउँघरमा दिनानुदिन चाहिने अत्यावश्यक हात हतियार, हसिया, कोदालो,बन्चरो, जस्ता फलाम का हतियार बोकेर सहर तिर लाग्ने दिन नआउला भन्न सकिँदैन। त्यसैले गाउँघरका आरन त्यसलाई सन्चालन गर्न आर्नेहरूको पेसा लाई संरक्षण गर्नु अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend