logo
  • शुक्रबार, साउन ८ २०८३

चोरकाटेमा घरबाटै मोटर साइकल चोरी


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

चुरामणि तिमिल्सिना रिडी 

गुल्मीको सत्यवति गाउँपालिका वडा न ६ चोरकाटेमा २२० सिसि को मोटर साइकल घरबाट चोरी भएको छ । सवारी धनी मिलन के सी ले लु ६४ प ८१ ७५ नम्बरको मोटर साइकल मामाघर चोरकाटेमा राखी जागिरको सिलसिलामा काठमाडौ जानुभएको थियोे । मामा घरमा माउली परिवार सुतिरहेको बेला मध्य राती पानी परिरहेको मौका पारी गयराती २ बजे चोरले मोटरसाइकल चोरि गरि लगेको उहांले बताउनुभयो । चोरले मोटरसाइकल लगि बाहिर बाट सुतिरहेका परिवारलाई चुकुल लगाइ फरार भएको मावलि परिवारले बताएका छन । यसको घटना दर्ताको लागि ईलाका प्रहरी कार्यालय जोहाङ खैरेनिलार्इ जानकारी गराइ निवेदन समेत दिएको पारिवारीक श्रोतले जनाएको छ । पछिल्लो समय गुल्मीमा ठुला सवारी साधन देखि साना सवारी साधन चोरिका घटना बढिरहेकाले सबै लाई सचेत रहन संंकास्पद लागेका व्यक्ति लाई प्रहरी लाई जानकारी दिन प्रहरीले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend