साझा नेटवर्क
-किरण अधिकारी ।
समाजमा महिलाबाट पिडित हुने पुरूषहरूको जमात पनि ठूलो हुँदै गएको अवस्था छ । दिनहुँजसो घट्ने यस्ता घटनाहरु खासमा बाहिर नआएका मात्र हुन् । हाम्रो समाजमा घटिरहेको बिभिन्न घटनाक्रमहरूलाई गहिराइबाट नियाल्ने हो भने जति पुरूषबाट महिला पिडित छन्, त्यो भन्दा बढी महिलाबाट पुरूष पिडित भएको देखिन्छ ।
महिलाबाट पिडित पुरूषको संख्या झन्-झन् बढ्दै गएको छ । यसको अर्थ यो होइन कि पुरूषबाट महिला पिडित छैनन् । जति महिला पिडित भएका घटनाहरु बाहिर आउछन् अनि महिलाको न्याय र हक-अधिकारका लागि जति आवाज उठाइन्छ। बिरोध गरिन्छ आन्दोलन गरिन्छ। त्यहीँ अनुपातमा पुरूष पिडित भएका घटनाहरुको न्याय र हक अधिकारको निमित्त केही अपवादहरू बाहेक कतै आवाज उठेको देखिँदैन ।
समाज परिवर्तन हुँदै गएको छ, त्यसैलाई अंगाल्दै हामीहरू पनि साच्चै आधुनिक बन्दै गएका छौं । अहिले को यो २१ औ शताब्दीमा हामी भन्छौं के महिला के पुरुष सबै बराबर। अहिलेको समयमा जो पुरुषले गर्न सक्ने काम महिलाले पनि गर्दै गएका छन् महिलाहरूले प्रयाप्त अवसर पाएकै छन् ।
नेपाल सरकारको पनि नीति छ। राज्यका हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य हुनुपर्छ भन्ने, त्यसअनुसार हाम्रो समाजमा पनि महिला सहभागिता बढिरहेको अवस्था छ, सबै ठाउँमा पुर्ण अझै नहुन पनि सक्छ कहीँ कतै कमजोरी पक्षहरू नहोलान् भन्न सकिदैन क्रमशः ति सुधार हुने क्रममा छन् ।
सदियौदेखि सुन्दै आएको त्यही एउटै कुरा हो पुरूष प्रदान हाम्रो समाज । तर जुन रूपमा पुरूष प्रदान समाज भन्दै आएका छौं त्यो कुराको अहिलेको समयमा युक्ती छैन,। महिला पुरुष बराबरको अवस्थामा हामी र हाम्रो समाज साच्चै पुगिसकेको छ । आजको समयमा पुरूषलाई भन्दा ज्यादा अवसर महिलाहरूल दिएको छ। महिला शिक्षा आजको आवश्यकता भन्ने नारा साच्चै सार्थक बनेको छ।
महिला पुरुष बराबर हो एउटै रथका दुई पाङ्ग्रा हुन् । महिला–पुरुष एक आपसका परिपूरक हुन भन्ने कुरा हाम्रो शिक्षित बन्दै गएको समाजले स्विकार्दै आएको पनि छ । फरक यो छ कि महिला पिडित हुँदा बिभिन्न किसिमका महिला अधिकार कर्मीहरूको आवाज चर्को रूपमा आउँछ।
महिला सम्बन्धित बिभिन्न संघसंस्था लागि परेका हुन्छन् पिडित महिलाहरुको न्याय हक अधिकार सुनिश्चित गर्नको निमित्त। तर पुरुष पिडित हुँदा भने खासै आवाज उठेको कतै देखिदैन, न महिला अधिकार कर्मी र त्यस सम्बन्धी काम गर्ने संघसंस्थाहरूले आवाज उठाउँछन् । तर महिला बाट बिभेदमा परेका पुरूषहरू सधैं गुमनाम हुन्छन्।
नत आजसम्म कुनै पुरुषअधिकार कर्मीहरु भएको जानियो नत पिडितहरुको आवाज सुनिदिने कुनै संघसंस्था नै छन् नत सुन्नमा आएको छ । पिडित पुरूषहरूको आवाज कस्ले सुनिदिने र तिनिहरूको बारेमा ओकालत कस्ले गरिदिने साच्चै जटिल समस्याको विषय बन्दै गएको छ । यतातिर ध्यानाकर्षण खासै कसैको पनि छैन । पुरूष पनि कैयौं अवस्थामा पिडित भएका छन् ।
महिलाहरुबाट धेरै अप्ठ्यारोमा परेका छन् । अझ यो वैदेशिक रोजगारी गर्दा यस्ता घटनाहरु धेरै निम्त्याएका छन् । पछिल्लो समय समाज मा बढ्दै गएका जुनसुकै अपराधी गतिविधि होस महिला पुरुषको संलग्नता बराबर जस्तै भएको देखिन्छ । बिगत केही वर्ष यताको तथ्याङ्कलाई हेर्ने हो भने महिलाबाट पिडित पुरूष धेरै त वैदेशिक रोजगारीमा गएका युवाहरु भएको देखिन्छ ।
तपाईं हाम्रो समाजमा पनि यि र यस्ता घटनाहरु छरपस्ट रूपमा देख्न सुन्न पाएकै हुन्छौं । वैदेशिक रोजगारले निम्त्याएको कारूणिक अवस्थाले कत्तिको बिचल्ली बनाएको छ । विरानो मुलुकमा परिवारको खुशी र उज्वल भविष्यका लागि भोक, शोक, माया, ममता र आफ्नोपनलाई पैतालामा च्यापेर दिनरात काम गर्दै, पसिनालाई पैसामा साटेर नेपालमा पैसा पठाउँछन् ।
त्यही पैसाको दुरुपयोग गरी घरपरिवार र छोरा छोरी सबैको बिचल्ली पारेर हिड्ने, महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ । यस्ता महिलाबाट पिडित हुने पुरुषको आवाज कस्ले सुनिदिने ? यसमा पूर्ण रूपमा महिला मात्र दोषी छन् भन्न खोजेको होइन । पुरुष पनि दोषी छन् यस्तो मामिलामा धेरै दोषी महिला भएको देखिन्छ । तर यो विषयमा महिलाले त जेन तेन न्याय पाएकै हुन्छन् ।
धेरै पुरूषहरू घर न घाटको स्थितिमा पुगेका हुन्छन् । सबै पुरूष सही छन् सहि हुन् भनेको पक्कै होइन । पिडित पुरुषको न्यायको निम्ति दरिलो आवाज उठाउदै आन्दोलन गरेर सरकारलाई दबाब दिएको कतै पनि देख्न पाईदैन। पुरूष पिडित भएका धेरै घटनाहरू छन् तर ति सबै छायाँमा छन् भनौं लुकेर रहेका छन् ।
बाहिर खासै आउँदैन, हाम्रो समाजले पनि पुरुषका समस्या हरू खासै नपत्याउने स्थिति छ । महिला पुरुष बराबर हुन अधिकार पनि बराबर दिनु पर्छ । पिडितलाई न्याय पनि बराबर हुनुपर्छ । यो होइन कि पुरूषले सानोगल्ती गरे जेलमा कोच्न सक्ने वातावरण सिर्जना गर्ने ।
महिलाले पुरूष माथि गरेको ज्याजति सहेर बस्न बाध्य बनाउने। काहीँ कतै त महिला हो भनेर छुट दिएको अवस्था पनि हुन्छन । पछिल्लो समय केही गलत प्रवृत्तिका महिलाबाट धेरै पुरूष बर्बाद भएका छन् । कानुनी रुपमा उपचार नपाएको अवस्था छ । महिला पिडित हुँदा सबैको सहानुभुती र साथ समर्थन पाउछन् तर त्यहीँ पुरूष पिडित हुँदा त्यति साथ समर्थन पाउँदैन ।
अझ यो भनिन्छ, तिमी त पुरूष हो नि यस्ता साना तिना झिना मसिना कुराहरु पनि गर्ने हो ? पिडित पुरूषको आवाज नसुनिदिएको कैयौं घटनाले देखाएका छन् । महिला शब्द नै कोमल छ त्यसैले सबैको मनपनि छिट्टै छुन्छ। तिनीहरू पिडामा परेको देख्दा आवाज पनी छिट्टै उठ्छ । पुरुष शब्द नै कठोर झ्याप्प कसैको मन छुदैन ।
त्यसैको कारण उनीहरुको पिडामा पनि खासै आवाज उठ्दैन फरक यत्तिनै हो । महिला पुरुष जो पनि पिडित र पिडक हुन सक्छन् त्यसैले कसैलाई काखा कसैलाई पाखा नबनाइयोस् भन्ने हो । यहाँ कसैलाई आरोप प्रत्यारोप लगाउन खोजेको छैन । समाजमा धेरै घटना घटिरहेका हुन्छन्, महिला पुरुष दुवै तर्फबाट ।
भावनात्मक संवेगका आधारमा दण्ड नगरियोस् महिला अप्ठ्यारोमा पर्दा आवाज उठाउने महिला पुरुषहरू, पुरूष अप्ठ्यारोमा पर्दा पनि त्यति नै दरिलो रूपमा आवाज उठ्न् पर्छ । के महिला के पुरुष सबै बराबर हरेक तबरबाट यसलाई मनन् गर्नु पर्छ ।
अवसरमा मात्र महिला पुरुष बराबर होइन की हरेक क्षेत्रमा महिला र पुरुषको अस्तित्व बराबर होस् । बन्दै गरेको यो हाम्रो सु–शिक्षित समाजमा परिवर्तनको नयाँ आधार स्तम्भमा महिला पुरुष बराबर होस् । सबैलाई मेरो उच्च सम्मान् ।
यो नसोच्नु पुरुषार्थ देखाएर महिला माथि धावा बोलेको भनेर त्यो बिल्कुलै होईन । समाजमा घटित यथार्थपरक घटनाहरुको आधारमा मात्र केही लेख्ने कोसिस गरेको काहीँ कतै गल्ती भएको खण्डमा क्षमा चाहन्छु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend