logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा ४ वर्षीय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी साउन ३०।
गुल्मीमा ४ बर्षीय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडानम्वर– ७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले बताए। आरोपित पुरुषलाई शुक्रवार बेलुकी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको पाण्डेले बताए।

आरोपित पुरुषले साउन २८ गते जवरजस्ती करणी गरेकोे भन्ने भुर्तुङमा प्रहरी चौकीमा उजूरी आएको आधारमा पक्राउ गरेको हो। प्रहरीले पिडित नाबालिका र आरोपित पुरुषको नाम गोप्य राखेको छ। आरोपित पुरुष र बलात्कारमा परेकी नाबालिकालाई मेडिकल गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend