logo
  • शुक्रबार, साउन ८ २०८३

नयाँ मुख्यमन्त्री “साेनामलाई” खुलापत्र


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

-देवसिँह सेन ठकुरी ।
तपाईं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शङ्कर पाेख्रेलकाे बहिर्गमनपछि नयाँ मुख्यमन्त्रीमा नियुक्त पाउनु भएकाे हाे । सर्वप्रथम तपाईंलाई मुख्यमन्त्री हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालकाे शुभकामना । मन्त्री हुनु फेरिनु वा बदलिनुले आम जनताको कथा फेरिएका छैनन् ।
आमूल परिवर्तनको सपना दैलाे अघि ठिङ्ग उभिएकाे छ । हिजाे क्रान्तिको रक्तरन्जित गीतका भाकाहरू गुन्जने गामवेशीका जनताका सपना ठ्याक्कै उस्तै लाग्छन् । त्यहीँ ठाउँ हाे जहाँबाट नेपाली जनतालाई आमूल परिवर्तनको सपना देखाईन्थ्याे । जनताका छाेराछाेरीलाई गुरिल्ला युद्धको तालिम दिई नयाँ युद्धको उद्वघाेष गरिन्थ्यो ।

कहिले युद्धविराम त कहिले युद्वकाे थालनी गरि गाउँ र शहरमा क्रान्तिकाे राँकाे सल्काईन्थ्याे हाे आज त्यहीँ ठाउँको एक जना तत्कालीन कमान्डरले लुम्बिनीको मुख्यमन्त्री सम्हाल्न पाउँदा साच्चिकै हिजाे आखैँ अगाडि ढलेका सुनिल, तुफान, संगीतहरूकाे याद पक्कै आएकाे हाेला ? हाेलेरीकाे प्रहरी चाैकीदेखि गामकाे गाेमवाङ डाँडाले आजपनि तपाईंको प्रतीक्षामा प्रन्धवर्ष बिताएका छन् ।

ऐतिहासिक थवाङ र जेलबाङले सपनाका चाङ अलपत्र पारेर शहरकाे आलिङ्गनमा रमाउन पुग्ने ती स्वार्थीहरूप्रति अश्रुले सराप्नु बाहेक कुनै उपाय देखेका छैन्न । जेलबाङ, हाेलेरी, थवाङ् रातामाते, गाम, गुम्चाल, सेरम घुसवाङ् तपाईंकै आँगन हुन् । ती आँगनकै छेउमा गाडिएका चिहानले के भन्दै हाेला ? पक्कै पनि माननीय मुख्यमन्त्री जानकार हुनुहुन्छ ।

समयले एकदिन पक्कै जिम्मेवारी दिन्छ तर धीरता चाहिँ पक्कै हुनुपर्छ । हाे आज सिङ्गो लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री बन्ने माैका मिल्याे यसकाे पहिलाे श्रेय तपाईंका मतदातालाई नै जान्छ जाे हिजाे युद्वमा तपाईंको सुरक्षामा खटिए आज, हजुरलाई जिताए । हिजो तपाईंसँगसँगै हतियार बाेक्ने कैयाै युवा अरबतिर छन् ।कतिले निरस बेरोजगार बनेर जिवनका कठिन दिनचर्या बिताउदैँ छन् ।

तपाईंको दृष्टि राेल्पा मात्रै भएर पुग्नेछैन् । त्यसकाे लागि सिङ्गो लुम्बिनी बाह्र जिल्लामै उतिकै दृश्यकाेचर गर्नु छ । समस्या हरेक क्षेत्रमा उस्तै छ । सङ्घीयता नै अभिसाप बन्न थालेकाे आभास जनताको मनमस्तिष्कमा छाउन थालेका बेला तपाईंको आगमन सत्तास्वार्थकाे लागि मात्र सीमित भयाे भने जति जाेगी आएपनि कानै चिरेकाे चरित्र उदाङ्ग हुनेछ ।

यी हरेक समस्याको चाङ बाेकेर तपाईं मुख्यमन्त्रीकाे हटसिटमा बिराजमान हुनुभएको छ । सत्तामा नपुग्दा बेर मरिहत्ते गर्ने र सत्तामा पुगेपछि जनतालाई चट्क्कै भुल्ने परम्परालाई ताेडेर सिङ्गो पाँच नम्बर जनताका आशाका केन्द बन्नु भयाे भने मात्रै निवर्तमान मुख्यमन्त्रीकाे बहिर्गमन र हजुरकाे आगमनकाे सार्थकता हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend