logo
  • शुक्रबार, साउन ८ २०८३

रेसुङ्गा नगरको आफ्नै भवन


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हुमाकान्त पोखरेल, गुल्मी साउन २९ ।
रेसुङ्गा नगरपालिकाले आफ्नै भवन निर्माण गरेको छ । नगरपालिकाको वडा नम्बर ९ मा नगरको भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको नगरप्रमुख डिल्लिराज भुसालले शुक्रबार उद्धाटन गरे । साविक तम्घास गाविस हुँदा नै एक करोडमा बन्न सुरु गरेको भवन अलपत्र परेको थियो ।
अहिलेसम्म छैठौँ पटकको टेन्डर गरी कुल पाँच करोड ८६ लाखमा भवन निर्माण कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । चार तले भवनमा २० कोठा र दुईसय जना अटाउने सभाहल छ । साथै गेट, कम्पाउण्ड, पार्क लगायतका संरचना पनि निर्माण भएका छन् ।

नगरपालिकाले गत चार बर्षदेखि खानिगाउँको एक घरमा मासिक ७५ हजार भाडा तिर्दै कार्यालय संचालन गरेको थियो । नगरप्रमुख भुसालले आफ्नै कार्यालय भएपछि सेवाप्रवाहमा सहजता हुने विश्वास व्यक्त गरे । ‘कार्यालय सम्पन्न हुन केही समय ढिलाई भएको हो ।’ उनले भने, ‘अब सेवा प्रवाहमा सहजता हुनुका साथै घरभाडाको रकम बचत हुनेछ ।

नगरपालिकासँगै जिल्लामा आफ्नै कार्यालयबाट कार्यसम्पादन गर्ने पालिकाको सङ्ख्या दुई पुगेको छ । यसभन्दा अगाडी धुर्कोट गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको थियो । मदाने र रुरुक्षेत्र गाउँपालिकाले वडा कार्यालयबाट कार्यसम्पादन गर्दै आएका छन् । मालिका र छत्रकोट गाउँपालिकाले सभाहलबाट कार्यालय संचालन गरेका छन् ।

जिल्लाका छ पालिका अझैपनि भाडाका घरबाट संचालित छन् । मुसिकोट नगरपालिका, इस्मा, गुल्मीदरबार, सत्यवती, गालिगण्डकी र चन्द्रकोट गाउँपालिका भाडाका घरमा छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend