logo
  • आइतबार, असोज ११ २०८३

रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक जसो १६० जनाको आसपासमा बिरामी आउदै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चुरामणि तिमिल्सिना ,रिडी -रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडी गुल्मीमा केही महिना यता देखि विरामीहरुको चाप बढिरहेको छ ।
पाल्पाको अर्गली कुसेनी , रिब्दीकोटको जोगिथुम स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं १ चन्डिभन्ज्याङ वडा न २ लसर्घाबेसि ,गुल्मीको रुरु सत्यवति , कालीगण्डकी , छत्रकोट र अर्घाखाँचीका तल्ला भेगबाट बिरामी हरु आउँदा सेवा प्रभाहा गर्न आफ्नो टिमलाई हम्मे हम्मे परेको प्राथमिक स्वास्थ्य केन्द्रका डा विकास पन्थिले बताउनुभयो। एकातिर बिरामिको चाप, अर्को तिर कोरोना आइसुलेन्सनमा सेवा प्रवाहा गरिरहदा जटिल प्रकारका बिरामीहरुलाइ समेत प्राथमिकतामा राखेर ६ बजे सम्म ओपिडी सेवा सञ्चालन गरेर भएपनि सेवा दिइरहेको उहाले बताउनुभयो । दरबन्दी १ जना भएपनि करारमा ३ जना सम्म रहेर केही समय सम्म सेवा गरिएको थियो तर दुवै जना यहाँ बाट गएपछि अहिले केही महिना देखि बिरामी एक्लै हेर्नु परेको डा पन्थिले बताउनुभयो।
दैनिक जसो १६० जनाको आसपासमा बिरामीहरुले यहाँबाट सेवा लिने गर्दछन खासगरी टाइफाइट ज्वरो बात , सुगर प्रेसर एक्सरे ,प्रसुती सेवा लगायतका सेवा लिन बिरामीहरु आउने गरेको डा पन्थिले बताउनुभयो। यसोत जिल्लामा पहिलो पटक डिजिटल प्रकारको एक्सरे सेवा दिएकोले पनि बिरामीको संख्यामा वृद्धि भएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।विकले डाक्टरको संख्या लाई थप गर्न पालिकामा ध्यानाकर्षण पनि गराएको र पालिकाले पहल पनि गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend