साझा नेटवर्क
ज्ञानेश्वर उपाध्याय,भैरहवा साउन २९ ।
भैरहवा भन्सार कार्यालय परिसरमा रहेको एक ट्रकमा आगलागी भएको छ । कार्यालय परिसरमा भन्सार पास भई रोकिरहेको यु पि १३ विपी ९०८६ नम्बरको ट्रकमा बिहान करिब ८ बजे एक्कासी आगलागी भएको हो ।
भारतबाट केमिकल लिएर आएको ट्रकमा के कति कारणले आगो लाग्यो भन्ने खुलेको छैन । ट्रक भित्र चालक सुतिरहेको अवस्थामा धुवा देखिएकोले बाहिर निस्केपछि मानवीय क्षति नभएपनि ट्रक र सामान पूर्ण रुपले नष्ट भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताए । गेट बन्द भएपछि भन्सार पास भएकोले उक्त ट्रक बाहिर जान नपाएर निकास गेटको अगाडि पार्किङमा रहेको थियो ।
आगलागी भएको केही बेरमै सिद्धार्थनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend