logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा चट्याङले लागेर महिलाको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी साउन २८ ।
गुल्मीमा चट्याङले लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर-२ पाटा खर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

पट्टेललाई बुधबार बेलुकी घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते बनाएको थियोे । घाइतेलाई घरमै रहेको र बिहीबार बिहान मृत्यु भएको पाण्डेले बताउनु भयो । घटना स्थल गुल्मी जिल्लाको सिमाना क्षेत्र रहेकोले प्रहरी टोली जाँदै छ ।

बुधबार नै गुल्मी जिल्लाको ईस्मा गाउँपालिकाको वडानम्बर-४ का विभिन्न स्थानमा परेको चट्याङले ११ वर्षका राहुल गन्धर्व मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । घाईते मध्ये ३ जनाको पाल्पामा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend