logo
  • शुक्रबार, साउन ८ २०८३

फुटको छाँयामा लुम्विनी सरकार


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

-देवसिँह सेन ठकुरी “देवजल” ।
“एकतामा बल हुन्छ”
फुटले अनिष्ट निम्तो गर्छ ।त्यहीँ भयो लुम्बिनी सरकार र मुख्यमन्त्री शङ्करप्रसाद पाेख्रेललाई केन्द्रमै फुटकाे खेल सुरुवात भइसकेपछि त्यसकाे छाया गण्डकी सरकारपछि लुम्बिनी सरकारमाथि परेकाे छ र शङ्करप्रसाद पाेख्रेलकाे सरकार ढलेकाे छ ।
            लुम्बिनी सरकार जाेगाउन अनेकौं काेशिश गरिए सत्ता कति निर्मम हुँदाेरहेछ भन्ने कुरा सांसद अपहरणसम्म भए । चप्पल लगाएर टवाइलेटबाट सांसद विमला भागिन रे! लुम्बिनीमात्रै हाेइन गण्डकीमा पनि उस्तै प्रकारको तेलर विपक्ष पनि कहाँ कम थियोे र?उसले पनि राजिनामा दिलाएर सत्ता अप्ठ्यारोमा पार्ने काम गर्याे।

सत्ता ढल्नु र बन्नुमा जनता खासमा कुनै खुशी मनाउने र रूनुपर्ने कारण त हिजाे पनि थिएन आज पनि छैन् र भाेलि पनि हुनेछैन् । कर्णालीका मुगु, हुम्ला जुम्ला अछाम,लगायत नेपालका दूरदराज गाउँबस्तीका दुखका कथा फेरिएका छैनन ।

लाखौं युवा विदेशमा ताताे आगाेसँग खेल्दै छन् । तिनका लागि के काे? सत्ता?कस्काे सत्ता? सत्ताका अासेपासे, राजनीति दलका नेता सांसदका लागि मुख्यमन्त्री र मन्त्रीका मुहार फेरिए पनि जनता उस्तै छन् ।

        जे भएपनि केन्द्रकाे केपी शर्मा ओली सरकारकाे बहिर्गमनसँगै अन्य प्रदेश सरकारले पनि विदा लिने करिबकरिब निश्चितै थियाे । आज लुम्बिनी सरकारकाे बहिर्गमनले त्याे कुरालाई थप पुष्टि गरेकाे छ ।

        नेकपाका मुख्य नेतृत्वको सत्तास्वार्थ, कुण्ठित मानसिकताका बाबजुद आज ६ प्रदेशमा एकलौटी शासनकर्ता नेकपा विस्तारै खुम्चिनु पक्कै पनि सुखद पक्ष थिएन् ।नेकपा त फुट्नु फुट्याे नेकपा एमाले पनि फुटकाे डिलमा उभिएको छ ।यसकाे मुख्य दाेषी नेतृत्वको अकर्मण्यता हाे ।

             यसबाहेक अझ कति अनिष्ट हुने हाे त्याे हेर्न अब एक डेढ बर्ष कुर्नुबाहेक हामीसँग कुनै विकल्प छैन् ।लडाइँको परिणाम हार वा जित भए पनि राजनीति लडाइँमा हार मात्रै हात पर्छ अब सबै राजनीति दल र नेताहरूले एकतामा जाेड दिन काेशिश गरेन्न भने समयले फेरि कहिल्यै नफर्कने गरि डाँडाे कटाउन निश्चित छ ।

      नेकपा माओवादीबाट मुख्यमन्त्रीका दावेदार कुलबहादुर केसी “साेनाम”ले जनताको पीडा बुझेर हिजाे सत्ता परिवर्तन लागि बन्दुक बाेकेका सहिदका सपना साकार हाैऊन ।गरिबका पीडा उस्तै छन् । परिवर्तनको खबर मिलाेस । सत्ताबाट बाहिरएका निवर्तमान मुख्यमन्त्रीले पनि सक्दाे सहयाेग गरून् हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend