logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा चट्याङ लागेर ७ जना घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

गुल्मी, साउन २७ ।
गुल्मीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । बुधवार बेलुकी तिर जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–४ का बिभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् ।

भने केहि पशु चौपायाँमा क्षेती पुगेको प्रहरीले जनाएको छ । चट्याङ लागेर दोहलीका ३८ वर्षका रामबहादुर गन्धर्वको र निजको छोरा ११ वर्षको राहुल गन्धर्व गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बताए । उनिहरुको शरीरको विभिन्न भागमा चोट लागेको छ ।

चट्याङ लागेर २५ वर्षकी रुपा नेपाली र निजको भान्जा ११ वर्षको किस्मत नेपाली घाइते भएका छन् । उनिहरुको शरीरको विभिन्न भागमा चोटलागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

नेपालीको १ वटा बाख्रा मरेको छ । त्यस्तै घाइते हुनेहरुम १७ वर्षकी राधा खत्री, २३ वर्षकी गोमा खत्री र ३१ वर्षकी की शर्मिला खत्रीलाई बारीमा कोदो रोपि रहेको अवस्थामा झिल्काले लाग्न गई सामान्य घाईते भई घरमा नै रहेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर कृष्ण बस्नेतको २ वटा बोकाको मरेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई थप उपचारको लागि गुल्मी अस्पताल ल्याइदै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend