साझा नेटवर्क
ज्ञानेश्वर उपाध्याय, भैरहवा साउन २६ ।
बिकासको दृष्टिकोणले पछि परेको र सबभन्दा बढी भ्रष्टाचार हुने कोटहीमाई गाउपालिकामा आज मंगलबार जनमत पार्टी रुपन्देहीले भ्रष्टाचार विरुद्ध र्याली तथा कोणसभा सम्पन्न गरेको छ । मर्चवारको सोझा साझा जनताको फाइदा उठाइ भ्रष्टाचारमा लिप्त हुने भएपछि त्यसको बिरोधमा आज सो सभा सम्पन्न भएको हो ।
गाउपालिका वासी तथा जनमत पार्टीको नेत्री रिता धवलका अनुसार गाउपालिका भित्र आउने लक्षितको कार्यक्रम बारे जानकारी नै नदिने र दिए पनि आफ्नै मान्छेको उपस्थितिमा कार्यक्रम गर्ने भनी गुनासो पोखिनु भएकि हुन ।
स्थानीय सरकारमा आफ्नो पदिय जिम्मेवारी पाएका स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल ४ बर्ष बितिसक्दा पनि कुनै किसिमको सुख व समृद्धिको अनुभुति समेत गर्न न पाएको साथै गाउपालिका भित्र जनप्रतिनिधि हिडने बाटो जस्ताको त्यस्तै, स्वास्थ अवस्था पनि लथालिङ्ग, शिक्षाको अवस्था पनि त्यस्तै रहेको छ ।
जुनसुकै तवरले हेर्दा बिकासको नाममा बजेटको दुरुपयोग हुने स्थल व गाउँको सिंह दरबार कायम भएको पालिका भित्र असन्तुष्ट जनताका लागि यो अभियान संचालन गरिएको साथै अगामी दिनहरुमा पनि यस्ता गतिविधिमा कार्य जारी रहने भनी जनमत पार्टीको भ्रष्टाचार निवारण बिभागको केन्द्रिय प्रमुख संजय कुमार मिश्रले बताए ।
सो कार्यक्रमको अध्यक्षमा कोटहीमाई गाउपालिका स्तरीय जनमत पार्टीका अध्यक्ष सुवासचन्द्र यादव,प्रमुख अतिथी संजय मिश्र, बिशिस्ट अतिथीमा रामदेव यादब तथा अतिथीमा कृष्ण कोहार, राजनरायण गिरी लगायत वडा स्तरका सम्पुर्ण पदाधिकारी र स्थानीयको उपस्थिति रहेको कार्यक्रमको संचालन बिरेन्द्र गुप्ताले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend