साझा नेटवर्क
सन्तोष महतारा, गुल्मी साउन २६।
गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोक रोतडीकी २८ वर्षीया सुत्केरी आमा शुसिला पोखरेल मरासिनीको मृत्यु भएको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिए ।
सोमवार साँझ टाउको र ढाड दुखेको बताउने सुशिलाको मङ्गलबार पौने १ बजे मृत्यु भएको अहेव पोखरेलले जानकारी दिए । सुशिलाको स्वास्थ्य अवस्था चेकजाँच गर्दा शरिरमा रगतको मात्रा केही देखिएको र ब्लड प्रेसर कम भएको अहेव पोखरेलले बताए । उनलाई सामान्य प्रकारको औषधी चलाइएको थियो ।
मङ्गलबार सुशिलाको स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उपचारका लागि लैजाने तयारी हुदाहुदै एम्बुलेन्स नपुग्दै मृत्यु भएको छिमेकीले बताएका छन् ।
४३ दिनकी छोरीको स्वास्थ्य अवस्था भने सामान्य छ । सुशिलाका ७ वर्षीय छोरा समेत रहेका छन् । सुशिलाको मृत्युको खास कारण नखुलेको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend