logo
  • शुक्रबार, साउन ८ २०८३

सौन्दर्यकर्मी सुलोचना श्रेष्ठको द युनिक एण्ड क्लासि ब्युटी एकेडेमी संचालनमा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, काठमाडौँ साउन २४ ।
सौन्दर्यकर्मी सुलोचना श्रेष्ठ द्वारा संचालनमा ल्याइएको काठमाडौँको साँखु स्थित द युनिक एण्ड क्लासि ब्युटी एकेडेमीको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ ।
उक्त अबसरमा अन्य बरिष्ट सौन्दर्यकर्मी रचना शाक्य, सौन्दर्यकर्मी महेश्वरी श्रेष्ठ, जस्मिन श्रेष्ठ, कबिना श्रेष्ठ, प्रश्मिला श्रेष्ठ, रोशनी कार्की लगायतका सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी सौन्दर्यकर्मी सुलोचना श्रेष्ठ द्वारा सञ्चालित द युनिक एण्ड क्लासि ब्युटी एकेडेमी उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो ।

बिगत लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको द युनिक एण्ड क्लासि ब्युटी एकेडेमीमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी सुलोचना श्रेष्ठले बताइन ।

रोज शिप बिकास तालिम केन्द्रकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन काट्दै सौन्दर्यकर्मीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै द युनिक एण्ड क्लासि ब्युटी एकेडेमीले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन भने ब्यबसायिक सफलताको शुभकामना समेत ब्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend