logo
  • शुक्रबार, साउन ८ २०८३

किरण बने द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, काठमाडौं साउन २३  ।
चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरण गजमेर बनेका छन् । गत साता भएको सेमिफाइनलबाट चार वटा टिमका एक–एक जना प्रतिस्पर्धी ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।
टिम प्रमोदबाट फाइनलम पुगेका किरण गजमेर अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आएपनि प्रतियोगिताका लागि नेपालमा आएका किरणले सिक्किमका रवि गहतराजलाई पछि पारेर उपाधिको अन्तिम होडमा पुगेका थिए

आज भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् । उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् ।

नेपालको सर्वाधिक लोकप्रिय कार्यक्रम द भ्वाइस अफ नेपाल सिजन थ्री हिमालयन टेलिभिजन र युटुव च्यानल बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यसअघि द भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend