logo
  • शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्रीद्वारा भिडियो सन्देश : भिडभाड हुने कार्यक्रम नगर्न अपिल

साझा प्रयासले महामारी नियन्त्रणमा आउने विश्वास


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, साउन २३ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भिडभाड हुने कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् । शनिबार सुरु भएको नेपाल मास्क अभियानको क्रममा ‘मास्क लगाऔँ, स्वास्थ्य मापदण्डको पालना गरौँ’ भन्दै देउवाले स्वास्थ्य मापदण्ड अपनाएर मात्र आफ्नो पेसा–व्यवसाय सञ्चालन गर्न पनि अपिल गरेका छन् ।
भिडियो सन्देशमा देउवाले सबैका साझा प्रयासले छिट्टै कोरोना महामारी नियन्त्रण गर्न सफल हुने विश्वास पनि लिएका छन् । कोरोना महामारीको तेस्रो लहरको लक्षण नेपालमा पनि देखिन थालेको भन्दै देउवाले स्वास्थ्य मापदण्डमा ध्यान दिन आग्रह गरेका हुन् ।

सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नरहेको भन्दै उनले सबै मिलेर मात्रै महामारीलाई पार लगाउन सकिने बताएका छन् । अतिआवश्यक परेका वेला मात्र घरबाहिर निस्कन उनले आग्रह गरेका छन् ।

बाहिर निस्कने वेला नाक र मुख छोपिने गरी मास्क लगाउन, भौतिक दूरी कायम गर्न र वेलावेलामा साबुनपानीले हात धुन पनि उनले अपिल गरेका छन् । खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि देउवाले आग्रह गरेका छन् ।

यस्तो छ प्रधानमन्त्रीको भिडियो सन्देश।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend