logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी साउन २० ।
गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी ३३ वर्षका दिपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ ।

बुधवार राती जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सत्यवतिको हटिया स्थित जुनियाबाट खैरेनीतर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend