logo
  • आइतबार, असोज ११ २०८३

उदयपुर सिमेन्ट कम्पनीले आखिर किन कर्मचारी कटौती गर्दैछ ?


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,उदयपुर साउन २०।
उदयपुर सिमेन्ट उद्योगले दुई सयभन्दा बढी कर्मचारी कटौती गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित मुलुककै ठूलो सिमेन्ट उद्योगले अहिलेकै दरबन्दीअनुसार कार्यभार तथा उत्तरदायित्व निर्वाह गर्न असहज बन्दै गएपछि २ सय ५५ कर्मचारी कटौती गर्न लागेको हो ।

उद्योगमा कार्यरत कर्मचारी उमेर हद, मृत्यु तथा राजीनामालगायत कारणबाट सेवा निवृत्त हुँदै छन् । मौजुदा दरबन्दी तथा संगठन तालिकाअनुसार कार्यभार तथा उत्तरदायित्व निर्वाह गर्न असहज बन्दै गएको छ । त्यसैले उद्योग सञ्चालक समितिका विज्ञ सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा गठित समितिले उद्योग व्यवस्थापन, ट्रेड युनियन र सरोकारवालाको सुझाव लिई उद्योगलाई चाहिने वास्तविक जनशक्तिको संख्यासहित सिफारिस गरेको छ ।

समितिले सिफारिस गरेको नयाँ संगठनात्मक ढाँचाबमोजिम उद्योग सञ्चालनका लागि प्राविधिक र अप्राविधिक गरी ५ सय ३३ जना जनशक्ति आवश्यक पर्ने उल्लेख गरिएको छ ।
उद्योग सञ्चालनमा आएसँगै ६ सय १३ स्वीकृत दरबन्दी थियो । त्यसपछि बाह्य स्रोतबाट ७२ सुरक्षाकर्मी र १ सय ३ अन्य कामदार गरी ७ सय ८८ जना कामदार र कर्मचारी कार्यरत थिए ।

सुरुको स्वीकृत दरबन्दी नै धेरै भएको अवस्थामा थपिएको समेत गरेर २ सय ५५ जना जनशक्ति बढी भएकाले कटौती गरिने उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend