साझा नेटवर्क
-किरण अधिकारी।
रोजगारीको सिलसिलामा विदेशीने युवाहरुको संख्या दिनानुदिन बढ्दै गएको अवस्था छ । देशको अस्थिर राजनीति र गैर जिम्मेवारी पुर्ण नेताहरुका कारण देशको लागि चाहिने होनहार युवापंक्ती विदेशमा पलायन हुने क्रम बढ्दो छ । देश भित्रै रोजगारीका प्राप्त अवसरहरु हुँदाहुँदै पनि त्यसको उचित व्यवस्थापन गर्न नसक्ने लाचार सरोकारवालाबाट आजित भै बाध्य भएर वैदेशिक रोजगारीको यात्रा तय गर्नु पर्ने अवस्था छ ।
देशभित्र बेरोजगारी,आर्थिक अभाव र गलत राजनीतिको चपेटामा परेका नेपालीलाई विदेशमा पनि सुख त काहाँ छ र ? हामी नेपालबाट जुन सपना बोकेर विदेशमा जान्छौं, त्यहा गैसकेपछि सपना र यथार्थमा धर्ती र आकाशको फरक हुन्छ । भनेको जस्तो काम र दाम हुदैन सोचेको जस्तो संसार हुदैन अनी चाहेको जस्तो आफ्नोपन हुदैन । बिरानो मुलुक अनी निर्दयी संसारमा बाध्य भएर बहुत कठिन दिनहरू व्यतित गर्नु पर्ने हुन्छ।
दिन महिला हुदै वर्ष बितिसक्दा पनि विदेशीने बेला जुन सपना बोकेर आइन्छ, त्यो सपना सपना मै सिमित हुँदा पनि बिवस भएर अब केहि हुन्छ कि भन्ने त्यही झिनो आशामा मरुभुमीमा तातो बालुवामा पसिना बगाउदा पनि खुसी भएर बगाउनु पर्ने अवस्था छ । जुन ति अधुरा सपनाहरूले हामीलाई राम्रोसंग सुत्न दिदैन मन दुख्छ, मुटु पोल्छ, भक्कानो छोडेर रुन मन लाग्छ । त्यो सुनिदिने कस्ले ? त्यसैले दुखलाई साथी बनाएर जसोतसो बाँच्नु पर्ने नै हुन्छ ।
आफुलाई जति पिडा र दर्द भएतापनि परिवार र आफन्त जनलाई मलाई दुख छैन, काम सजिलो छ, खुशी छु, म छिट्टै आउँछु जस्ता झुटा आश्वासन दिएर परिवार लाई खुशी बनाउनुपर्ने बाध्यता अर्को हुन्छ । समय बित्दै जान्छ नेपालमा हिसाब किताब गर्न सुरु गर्दछन् आफन्त जन विदेशीदाको समयलाई लिएर त गएको यति वर्ष भयो, उती भयो यति कमाईस उती कमाईस काहाँ घडेरी लिएको छस बैंकमा त पैसा भोरेको छस भन्ने कुरा उठाउँछन् ।
आफुलाई भने ति कुराले अझै धेरै पिडा दिन्छ । समय बित्दै जान्छ परिवार र आफन्त जनका चाहनाहरु र आवश्यकताहरू पनि बढ्दै जाँन्छन, ति आवश्यकताहरू पुरा गर्दा गर्दै जवानीमा विदेशीएको मान्छे प्रबासमै बुढो हुने अवस्था आउँछ । जब वैदेशीक रोजगारमा गएका केही नेपाली दाजु भाईका श्रिमतीहरू धन सम्पत्ति कुम्ल्याएर अर्को संग हिडेका र परिवारका सदस्यहरूलाईको बिचल्लीमा पारेका घटनाहरु दिनैपिच्छे, देख्छौं यस्ता घटनाहरुले कतै न कतै थप पिडा थपिदिएकै हुन्छन्।
दशकौं वर्ष विदेशी भूमिमा श्रम गरेर जब नेपाल फर्किने दिन आउँछन तब मनमा अनेकौ डर आंशकाले जरो गाडेर आउँछ । आजसम्म त विदेशमा काम गरेर जसोतसो आफ्नो र परिवारको जिवन चलाए अब कसरी के गरेर बाँकी जिवन चलाउने हो भन्ने कुराले मनलाई सताई रहेको हुन्छ ।
जोस जाँगर हिम्मत जवानी र उमेर सबै प्रबास मै सकेका हुन्छौं । नेपाल फर्किने बेलामा आफुले केही रकम जम्मा गर्न सके र केही सम्पत्ति आर्जन गर्न सकेको खण्डमा त्यसलाई राम्रो संग परिचालन गर्न सके भने मात्र बाँकी स्वेदेशी जिवन केही सहज पक्कै होला नत्र विदेशबाट फर्किदा केही पनि आर्जन गर्न नसकी रित्तै हात स्वदेश फर्किदा यता पनि दुखदायी समय आउँदैन भन्न सकिदैन।
हामीले आफ्ना गलत बानी व्यहोरा लाई समयमा नै सुधार्न सकिएन भने त्यसले हाम्रो जिन्दगी लाई तहसनहस पार्न सक्छ । हाम्रा कति नेपाली दाजुभाई दिदी बहिनी हरूको चालचलन विदेशमा पनि ठिक हुदैन उनिहरु विदेशमा गएर पनि गलत बाटोमा हिडेको अवस्था छ ।
त्यसैको परिणामस्वरूप केहीले आफ्नो जिन्दगी बरबाद गरेका छन् विदेशी भूमिमा पनि गलत क्रियाकलाप लाई अंगाल्दा (केही अपवाद बाहेक) केहीले वर्षो देखि विदेशी जेलमा बन्दी भएर बस्नु परेको छ । कसैको अकालमा ज्यान समेत गुमाएका छन् । हामी नेपालीलाई विदेशमा श्रम गर्न जानुपर्ने बाध्यता छ ।
त्यो स्वाभाविक भैसक्यो, जुन विदेशी भुगोल मा जुन देशमा गएर श्रम गरेपनि जब हाम्रो गलत व्यबहारलाई बदल्न सक्दैनौँ हाम्रो जिन्दगी सहज काहीँ पनि हुदैन चाहे त्यो नेपाल होस चाहे बिश्वको जुन भुगोलमा किन नहोस् । पहिला हाम्रो गलत आचरणलाई सुधारौं अनी जिन्दगीको यात्रालाई तय गरौं अनि मात्र जिवनले सार्थकता पाउने छ।…..?
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend