साझा नेटवर्क
सुनिल थापा, गुल्मी साउन २०।
गुल्मीमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५५ जनाको कोरोना परीक्षण गरिएकोमा १८ जना पूरुष र ५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै संक्रिय संक्रमितको संख्या ४१६ पुगेको छ। संक्रिय संक्रमितमध्ये ४११ जना सामान्य उपचार सहित होम आइसोलेसन र ५ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
हालसम्म १३ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ७ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूरुष २ हजार ५ सय ८७ जना र महिला २ हजार १ सय ९१ जना रहेका छन ्। जसमा ४ हजार २ सय ७० जनाले कोरोना जितेर निको भएका छन्।
दोश्रो लहरमा कोरोना संक्रमणका कारण ४० जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर गरि कुल ९२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend