logo
  • आइतबार, असोज ११ २०८३

तम्घासमा टिभीएस मोटरसाइकलको नयाँ शोरुम शुभारम्भ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री
२० साउन, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा जगदम्बा मोटर्स कम्पनीको टिभीएस मोटरसाइकलको नयाँ शोरुम सञ्चालनका आएको छ । शोरुमको एक कार्यक्रमका बिच गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी र नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाचद श्रेष्ठले शुभारम्भ गरेका हुन् ।


शोरुमको उद्घाटन गर्दै बाणिज्य संघका अध्यक्ष भलामीले वर्तमान अबस्थामा यातायात र सञ्चार क्षेत्र मानवहरुको लागि अभिन्न अंग भएको बताए । सुन्दर नगरी तम्घास नयाँ शोरुम शुभारम्भ भएसँगै व्यवसायिक क्षेत्रमा नवीन फूल फर्केको बताए ।

उनले सबै वर्ग व्यवसायलाईे यसले आकर्षित गर्ने बताए । व्यवसाय गर्दा व्यवसायिक धर्मलाई निभाएर व्यवसाय गर्न आग्रह गरे । व्यवसायिक हक हितकालागि वाणिज्य संघ गुल्मीले सहकार्य गरेर अगाडी बढिने भलामीले बताए ।

अहिले बजारमा आएका टिभीएसका नयाँ मोटरसाइकल र स्कुटरहरुमा नयाँ प्रविधि प्रयोग गरिएको गुल्मी सदरमुकाम तम्घासको आधिकारिक बिक्रेता दिपशीखा टे«डिङ्गका भुपाल केसीले बताए । तम्घासको शोरुममा टिभीएस कम्पनीका मोटरसाइकल अपाचे १६० सीसी, अपाचे १८०, अपाचे २०० सीसी, फिनिक्स १२५ सीसी , स्ट्राइकर १२५ सीसी, र स्टारसिटी प्लस ११० सीसी, स्पोर्ट १०० सीसी, र स्कुटर सेग्मेंटमा ११० सी सीका उपलब्ध हुने केसीले बताए ।

टिभीएस कम्पनीको गुल्मी सदरमुकाम तम्घासको आधिकारिक बिक्रेता दिपशीखा टे«डिङ्ग रहेको छ । टिभीएस मोटरसाइकलको नयाँ शोरुमसँगै प्रिती ट्याक्टरको पनि शोरुम सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend