logo
  • शुक्रबार, साउन ८ २०८३

सिद्धबाबामा पहिरोले गाडी पुरिदा एकजना गम्भीर घाइते, सडक अवरुद्ध


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

बुटवल, साउन १८ ।
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा अगाडि (हेडबक्स नजिँकै) पहिरो खस्दा बोलेरो गाडी च्यापिएको छ ।

सोमबार साँझ पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदा ३ जना घाईते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख योगेन्द्र सिंह थापाले बताए ।

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरी प्रमुख थापाले बताए । घाईतेहरुको परिचय खुल्न बाँकी रहेको छ । यस्तै, पहिरोले बुटवल पाल्पा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend