logo
  • शुक्रबार, साउन ८ २०८३

कृषकलाई व्यवसायिक कर्जा प्रदान


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हुमाकान्त पोखरेल, गुल्मी साउन १८ ।
मुसिकोट नगरपालिकाका पाँच कृषकलाई व्यवसायिक कर्जा प्रदान गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा उज्यालो सहकारी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको सहजिकरणमा सोमबार कर्जा प्रदान गरिएको हो ।

माछापालन, कृषि तथा पशुपालन लगायतका क्षेत्रमा काम गर्ने युवालाई कर्जा प्रदान गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । प्रत्येक किसानलाई एक÷एक लाखका दरले कुल पाँच लाख प्रदान गरिएको छ । गाउँमै युवा उद्यम तयार गर्ने उदेश्यले नगरपालिकाले बिनाब्याज कर्जा वितरण गरेको हो ।

नगरपालिकाले ‘युवा उद्यम तथा विकास कोष संचालन निर्देशिका २०७७’ जारी गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । उक्त कोष अन्तरगत पशुपालन, माहुरिपालन, मासु पसल लगायतका व्यवसायमा बिना धितो र बिना ब्याज कर्जा पाइनेछ ।

सोमबार कर्जा लिएका युवाले पहिलो बर्षको अन्त्यमा ५० प्रतिशत र दोस्रो बर्षको अन्त्यमा ५० प्रतिशत गरी दुई बर्षमा कर्जा फिर्ता गर्नुपर्नेछ । त्यसरी फिर्ता भएको रकम सहकारीले नगरपालिकाको युवा उद्यम कोषमा जम्मा गरी अन्य युवाहरुलाई कर्जा प्रदान गर्ने उज्यालो सहकारीका अध्यक्ष राजेन्द्र विक्रम कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend