साझा नेटवर्क
साउन १८,रुपन्देही – लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरूले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा विपक्षी दल, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले ४१ जना सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखलाई निवेदन बुझाएका हुन् ।
प्रदेश सभाका काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चा बाट तारा जिसीले निवेदनमा हस्ताक्षर गर्नुभएको छ ।
विपक्षी दलहरूले संविधानको धारा १६८ (२) अनुसारको बहुमतको सरकार गठनका लागि माग गरेका छन् ।
निवेदनमा भनिएको छ, ‘ प्रदेश सभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेश सभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता मा।शंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा। धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराईयो ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend