logo
  • शुक्रबार, साउन ८ २०८३

वृक्षारोपण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

किरण अधिकारी, गुल्मी साउन १८।
गुल्मीको ईस्मा गाउपालिका ३ दर्लामचौर स्वास्थ्य चौकीले एक कार्यक्रम गरी स्वास्थ्य चाैकि परिवार, व्यवस्थापन समिति, स्वास्थ्य स्वयमसेविकाहरुद्वारा स्वास्थ्य चाैकि परिसरमा बृक्षाराेपण गरी अन्तक्रिया कार्यक्रम र स्वास्थ्य स्वयम् सेविकाहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
स्वास्थ्य चाैकि परिसरमा कागती, सुन्तला, टिमुर, सुनकाउली, पारिजात फुल, लगायत बिभिन्न किसिमका जडिबुटी र फलफूल लगायतका बिरूवा रोपण गरिएको हो ।
स्वास्थ्य चाैकि परिसरमा बृक्षारोपण गर्नाले स्वास्थ्य चौकी परिसरको वातावरण हरियाली बनाउन स्वास्थ्य चौकीमा आउने हरूलाई बृक्षारोपण र मानव स्वास्थ्य एक आपसका परिपुरक हुन भन्ने सकरात्मक सन्देश आम जनसमुदायमा प्रवाह गर्दै बृक्षारोपण हामी सबैले घरवरपर गर्ने हो भने हाम्रो पर्यावरण हराभरा हुने र स्वच्छ हावाले हामी सबैको मानव स्वास्थ्यमा धेरै फाईदा हुने स्वास्थ्य चाैकिमा कार्यरत अनमी गंगा शर्माले बताईन।
एक औपचारिक कार्यक्रम गरी दशजना महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई व्यवस्थापन समिति अध्यक्ष तोयानाथ सापकोटाले खाँदा उडाई छाता उपहार दिएर सम्मान गरेका थिए।
कार्यक्रममा व्यवस्थापन समितिका सदस्य युवराज खरेल कार्यपालिका सदस्य कल्पना भुसाल ठाडुङ्गा मावीका प्रधानध्यापक हरि पन्थी, समाज सेवी विर बहादुर खत्री, स्वास्थ्य कर्मी, मिना अर्याल, सुमित्रा खत्री र कार्यलय सहयोगी मोहन खड्काको उपस्थिति रहेको थियो।

स्वास्थ्य चाैकिले आफुहरुलाई सम्मान गरेकोमा धन्यवाद दिदै स्वयम सेविका कमला जिसीले सेविकाहरूका आन्तरिक समस्याहरू बाताएकी थिइन ।

गाउँ गाउँमा पुग्नु पर्ने वर्षाको समय अल्ली धेरै दुःख रहेको र पारिश्रमिक कम भएको हुँदा थोरै समस्या रहेको आफ्नो काम समाजसेवा हो भन्ने थाहा हुदाहुदै पनि केही गरिसकेपछि थोरै आम्दानीको आशा लाग्ने र यो मंहगीको समयमा केही रकम स्वास्थ्य चौकीले बढाईदिए आफुहरुलाई हुने आर्थिक समस्या सुल्झाउनको लागि केही राहत हुने बताईन ।

स्वास्थ्य स्वयम सेविकाहरूका  समस्या आगामी दिनमा अझै सोही ढंगले हल गर्दै जाने र यो काम समाज सेवा रहेको हुदा त्यती धेरै पारिश्रमिकको अहिले नै आशा नगर्न र दुःखी नभई खुसी भएर काम गर्न व्यवस्थापन समितिका सदस्य युवराज खरेलले बताए ।

कार्यक्रमको सन्चालन स्वास्थ्य चौकी प्रमुख गोकर्ण थापाले गरेका थिए । कार्यक्रममा सन्चालन गर्दै गर्दा यस स्वास्थ्य चौकीले गर्दै आएका काम र चौकी भित्रका आन्तरिक समस्या समग्र आगामी कार्य योजनाहरूका बारेमा जानकारी दिएका थिए ।

स्वास्थ्य चौकीले गर्दै आएका अतिरिक्त क्रियाकलापलाई बजेट कम हुदै आएको हुँदा स्वास्थ्य नियमावली अनुसार आफुले कार्यक्रम गर्न असमर्थ भएको र विनियोजन हुदै आएको बजेटलाई केही बढाउको निमित्त वडा अध्यक्षको माध्यमबाट आग्रह समेत गरेका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष तोयानाथ सापकोटाले महिला स्वास्थ्य स्वयम् सेविकाहरूले गर्दे आएको काम स्वागत योग्य र हाम्रो समाजमा स्वास्थ्य जनचेतना जगाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए।

यो बिसम परिस्थितिमा गाउँ गाउँमा अझै धेरै जनचेतना जगाउन आवश्यक रहेको र कोरोना माहामारी फैलन सक्ने संभावना अझै रहेको हुदा यसलाई आत्मसात गर्दै कसरी सुरक्षाका मापदण्डहरू अपनाउन सकिन्छ।

हाम्रो समाजमा अझै धेरै स्वास्थ्य सम्बन्धी शिक्षा आम जनमानसमा दिन आग्रह समेत गरेका थिए। स्वास्थ्य चौकी र स्वास्थ्य कर्मी, स्वास्थ्य स्वयम् सेविकाहरूका समस्याहरूलाई आफुले सकेसम्म हल गर्न प्रतिवद्ध्ता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend