logo
  • शुक्रबार, असोज ९ २०८३

गायक बद्री पंगेनीको “माया भन्न मिल्दैन होला” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री गुल्मी साउन १६ ।
लोकप्रिय गायक बद्री पंगेनीको नयाँ लोक दोहोरी गीत “माया भन्न मिल्दैन होला” बजारमा आएको छ । तिजको माहोलमा बजारमा तीज गीतले तातिरहेका बेला गायक पंगेनीले पनि माया भन्न मिल्दैन होला’ गीत बजारमा आएको हो ।

पंगेनीले पछिल्लो समयमा बालकदेखि बृद्धसम्मको मन छुने खालको गीत बजारमा आएको हो । माया प्रेममा आधारित कथा बस्तुमा तयार पारिएको गीत एक नारायण भण्डारीको लय शब्द रहेको छ ।

गीतमा गायक बद्री पंगेनी र संगीता पराजुलीको आवाज रहेको छ । गीतमा पुरुष तर्फबाट माया भन्न नमिलेका कुरा र बहिनी भन्दा कमलो मन रुने हो की भन्ने डर कथा बस्तु गीतमा उल्लेख गरिएको छ ।

महिलाले पनि माया भन्न नमिले र दाजु भन्दा मन रुने पो हो की भन्ने कथा बस्तु गीतमा रहेको छ । माया प्रेमका रसिला कथाबस्तु गीतमा समाबेश भएकाले धेरै दर्शक श्रोताले मन पराउने गायक पंगेनीले बताए ।

लोकप्रिय मोडम अञ्जली अधिकारी सहितका कलाकारहरुको अभिनय रहेको गीत गायक पंगेनीले आफनै युट्युब च्यानलबाट सार्बजनिक गरेका हुन् ।

हेरौँ गीतको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend