logo
  • आइतबार, असोज ११ २०८३

ओभर लोड नियन्त्रणका लागि बन्द अवस्थामा रहेका धर्मकाटालाई संचालन गर्ने निर्णय


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यमलाल भुसाल, बुटवल १६ साउन।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको शनिवार बुटवलमा विशेष बैठक सम्पन्न भएको छ । बैठकले ओभर लोड नियन्त्रणका लागि लुम्बिनी प्रदेशमा ट्रक यातायात व्यवसायी अन्र्तगत बन्द अवस्थामा रहेका धर्मकाटालाई संचालन गर्ने निर्णय गरेको छ ।
धर्मकाटा संचालन नहुदा स्वदेशी तथा भारतीय मालवहाक सवारी साधनले ओभर लोड ढुवानी गर्दा सडकको अवस्गा जिर्ण वनेको र ओभरलोड नियन्त्रण गरि सवै व्यवसायीका सवारी साधन संचालन हुने पनि बैठकले निर्णय गरेको प्रदेश संयोजक यम प्रसाद पाण्डेले बताउनु भयो ।

बैठकले सरकारले हालै समायोजना गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्वन गर्न गराउन सवै यातायात व्यसायीले सहयोग गर्न माग गरेको पश्चिमाञ्च यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेहका सल्लाहकार जित बहादुर भाटले बताउनु भयो ।

प्रदेश संयोजक यम प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल, लुम्बिनी ट्रक समिति भैरहवा, वाणगंगा यातायात व्यवसायी समिति र राप्ती अंचल सम्युक्त यातायात व्यवसायी समितिकापदाधीकारी तथा प्रदेशका पदाधीकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend