logo
  • आइतबार, असोज ११ २०८३

ईस्मा गाउपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

किरण अधिकारी, गुल्मी साउन १३ ।
ईस्मा गाउँपालिका‌ले वडा नं ३ मा एक कार्यक्रम गरी जेष्ठ नागरिकहरूलाई, छाता, रेडियो, हरलेक्स च्वावनप्राईस, माक्स, सेनिटाईजर बितरण गरी सम्मान गरेको छ ।
दलित, ब्रामण, क्षेत्री, गरी २९ जना र जनजाति ३७ जना गरी करिब ६६ जना जेष्ठ नागरिकहरूलाई वितरण गरेको थियो । उमेरले ८५ वर्ष पुगेका दलित, ब्राहमण र क्षेत्री, त्यसैगरी उमेर ले ७० पुगेका जनाजाति लाई बितरण गरेको हो।
कार्यक्रमको सन्चालन वडा नं ३ का सचिव कृष्णा थापा मगरले गर्नु भएको थियो भने, कार्यक्रमको ‌अध्यक्षता वडा नं ३ का वडा अध्यक्ष तोयानाथ सापकोटा थियो भने कार्यक्रमको प्रमुख अतिथि इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टको रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य सिर बहादुर कुँवरले गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले भन्नुभयो जेष्ठ नागरिकहरूको सुरक्षाको निम्ति सरकार सुरक्षा कबज भएर उभिएको थियो । जेष्ठ नागरिक ‌यदी कोही छैन भने सरकार छ, सरकारले नै हेरचाह गर्ने बताएका थिए ।
जेष्ठ नागरिकलाई बिगतका वर्ष देखि सम्मान गर्दै आएको र अहिले त्यसैलाई निरन्तरता दिएको र आगामी दिनहरुमा पनि जेष्ठ नागरिक को लागि बिभिन्न कार्यक्रम ल्याउने यसमा स्थानीय सरकार कटिबद्ध भएर लाग्ने कुरा बताएका थिए।

साथै अन्य अतिथिहरु पनि जेष्ठ नागरिकको सुरक्षा र सहयोग निम्ति परिवार आफन्त जन सरकार सबै मिलेर लाग्ने कुरा बताएका थिए । स्थानीय सरकारले आफुलाई सम्मान गर्दै आएको भन्दै जेष्ठ नागरिक हर्षित भएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend