साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी साउन १२।
जिल्लाको इस्मा गाउँपालिकाका ३० युवालाई व्यवसायिक कर्जा प्रदान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको सहजिकरणमा कर्जा प्रदान गरिएको हो ।
प्रतिव्यक्ति ५० हजारदेखि दुई लाखसम्म गरि कुल ३० कर्जा प्रदान गरिएको सहकारीका अनुगमन समिति सदस्य भरत चन्दले जानकारी दिए । बाख्रापालन, कुखुरा पालन, बंगुर पालन, मोटरसाइकल मर्मत, मुडा बुन्ने व्यवसाय, माछापालन, लसुन खेती, फेन्सि व्यवसाय लगायतका शिर्षकमा कृषकलाई कर्जा प्रदान गरिएको चन्दले जानकारी दिए ।
युवाहरूलाई उद्यमी बनाउन इस्मा गाउँपालिकाले ‘उद्यम विकास कोष संचालन निर्देशिका २०७७’ पारित गरी ‘उद्यम विकास कोष’को स्थापना गरेको थियो । कोषलाई कार्यान्वयनको लागि गाउँपालिकाले गत बर्षको माघ १० गते वित्तीय संस्था छनोटका लागि सुचना जारी ग¥र्यो । त्यसमा उज्यालो बहुउदेश्यीय सहकारीले आवेदन दिइ छनोट भयो । फागुन १३ गते गाउँपालिकाले नै उद्यम विकास कोषमार्फत सहुलियत कर्जा लिन चाहाने उद्यमीहरु छनोटका लागि निवेदन आह्वान ग¥यो ।
आवेदन दिएकामध्ये प्रत्येक वडाबाट पाँच÷पाँच जना छनोट गरी छ वटा वडाका ३० जनालाई कर्जा वितरण गरिएको सहकारीका सल्लाहकार समिति संयोजक हिरा एसीले जानकारी दिए । गाउँपालिकाले बिना धितो र बिना व्याज कर्जा प्रदान गरेको छ । उद्यमीले दुई बर्षमा उक्त रकम फिर्ता गर्नुपर्नेछ । एक बर्षमा ५० प्रतिशत र बाँकी ५० प्रतिशत रकम दुई बर्षको अन्त्यमा फिर्ता गर्नुपर्नेछ । उद्यमीले फिर्ता गरेको गाउँपालिकाको उद्यम विकास कोषमा जम्मा हुनेछ। कोषमा जम्मा भएको रकमबाट पुन : अन्य उद्यमीलाई प्रदान गरिने र यो क्रम चलिरहने गाउँपालिका अध्यक्ष लक्षमण विष्टले जानकारी दिए ।
कर्जा लिएका गुञ्ज बहादुर विष्टले रकम प्रदान गरेकोमा गाउँपालिका र सहकारीलाई धन्यवाद दिए । त्यसका साथै उनले हाते औजार, कृषि यान्त्रिकीकरण लगायतका सामग्री दिनुपर्ने माग गरे । साथै आफुले लिएको रकम सही ठाउँमा प्रयोग गर्ने उनले बताए । ‘तर्पाहरु नयाँ युगमा हुनुहुन्छ, कृषिमा पनि नयाँ युग ल्याउनुहोला ।’ उनले भने, ‘सानो–सानो सहयोग मिल्दा पनि कृषकहरुलाई हौसला मिल्छ ।’
गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले लिएको रकमको सही सदुपयोग गर्न आग्रह गरिन् । युवा उद्यम कार्यक्रमलाई निरन्तरता दिने भन्दै उनले बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने धारणा राखिन् । सहकारीका अध्यक्ष राजेन्द्र विक्रम कुँवरले सेवाका लागि सहकारीको स्थापना गरेको भन्दै उत्साहका साथ काम गर्न उद्यमीलाई आग्रह गरे ।
सहकारीले छल्दीमा ‘कृषि उपज संकलन तथा प्रशोधन केन्द्र’को स्थापना गर्न लागेको भन्दै कुँवरले अब इस्मामा उत्पादित कृषिजन्य सामग्रीहरुलाई बजारको अभाव नहुने उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend