logo
  • आइतबार, असोज ११ २०८३

मृगौला पिडित गुल्मीका रणबहादुरको आर्थिक अभावमा उपचारमा समस्या


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी साउन ७ ।
उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाइ दिन सबैसंग सहयोगको याचना गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ४३ वर्षका मृगौला पिडित रणबहादुर श्रेष्ठले सहयोगको याचना गरेका हुन् ।

उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरुमा सकयोग संकलन गरिरहेका छन् । आर्थिक अभावमा उपचारमा समस्या आएपछि सबैले सहयोग गरिदिन आग्रह गरेका हुन् ।

आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि श्रष्ठले ज्यान जोगाउन सहयोग मागेका हुन । दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका श्रेष्ठ बिगत ११ महिनादेखि अस्पतालमा उपचारत छन् ।

धन कमाउन भारत आउजाउ गर्ने उनी दुबै मृगौला खराव भएपछि गत वर्षको जेठमा घर फर्किएका हुन । मृगौला पिडित श्रेष्ठको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन ।

श्रेष्ठसंगै उनकी पत्नी र २ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् ।

श्रेष्ष्ठले गतवर्षको भदौदेखि काठमाडौंमा उपचार गराउदै आएका थिए । तर पछिल्लो समय यता काठमाडौं जान आउन धेरै खर्च लाग्ने भएपछि गौतम बुद्ध डाइलोसिक पाल्पामा हरेक हप्ताको दुई पट्क डाइलोसिस गराउदै आएका छन् ।

चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन् । स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको हारगुहार गरेका हुन् ।

उपचा।मा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ । पिडित श्रेष्ठ परिवारको रोजीरोटिका लागि रोजगारिका शिलसिलामा छिमेकी मुलुक भारत आउजाउ गर्दै आएका थिए ।

उनलाई सहयोग गर्नेहरुका लागि खाता नम्बर शर्मिला श्रेष्ठको राष्ट्रिय बाणिज्य बैक ३०१०००००६१०४मा जम्मा गरिदिन आग्रह गरेका छन् । सम्पर्क गर्नेहरुका लागि मोवाइल नम्बरमा ९८४९९१०८८० गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend