साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाल पत्रकार महासंघ शाखा कतारको परिषद् भेला तथा इद मिलन कार्यक्रम सम्पन्न भएको छ । कतारको दोहामा आयोजित कार्यक्रममा महासंघले एनआरएनए एनसिसि कतारका नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै मुस्लिम समुदायको महान् चाड ‘ईद उल अजहा’ (बकर ईद)को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँको सभापतित्व तथा संस्थाका प्रमुख सल्लाहकार तिर्थ सङ्गम राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको विशेष अतिथिमा एनआरएन एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, महासचिव पदम गिरी, सचिव दिपजंग ठकुरी, सदस्य सन्ताेष क्षेत्री, लगायत संस्थाका सल्लाहकारहरु सिताराम थापा, राम प्रसाद पराजुली, लगायत कार्यसमिति सदस्यहरू र पार्षद सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष करिम बक्स मियाले कतारबाट प्रकाशित हुने समाचारहरू सबै एकद्वार प्रणाली मार्फत प्रकाशन हुनुपर्ने भन्दै जसबाट महासंघलाई आर्थिक सहयोगमा टेवा पुग्ने कुरा बताउनुभयो ।
उहाँले नयाँ सदस्यताको निम्ति इच्छितको जगरुकता हेरेर समयमा नै नयाँ सदस्यातको निम्ति आवेदन आह्वान गर्ने कुरा बताए। अनिच्छित गतिविधीमा सम्लग्न नहुने पार्षद सदस्यहरूको नविकरण रोक्ने जस्ता शशक्त कदमहरू महासंघले चाल्न सक्ने हुँदा सबै पार्षद सदस्यहरूलाई संघका गतिविधीहरूमा अनिवार्य रूपमा उपस्थितिका निम्ति आह्वान गरे।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ कतारका उपाध्यक्ष दिलकुमार श्रेष्ठले एनसिसिले पत्रकारहरुको आत्मसम्मानमा ध्यान पुर्याएको खण्डमा कतारको कार्यक्रमहरु नेपाली समुदायमा पुर्याउने र नेपाली समुदायको समस्या एनसिसिसम्म पुर्याउने गरी पुलको काम गर्न तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारमा नेपाली श्रमीकलाई खानेबस्ने समस्या हुन नदिने प्रतिबद्धता जनाउनु भयो । उहाँले कोही श्रमिकलाई समस्या भएको खण्डमा आफुले थाहा पाए कतारबाट घरसम्म पुर्याउनकालागी प्लेन टिकट लगायत प्रोसेसिङमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले नेपाली समुदाय र सरकारबीचकाे सम्बन्ध जाेड्नका निम्ति पुलकाे काम गर्ने समेत बताउनुभएकाे थियाे । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले कतारमा रहेको नेपाली दुताबास भन्दा पनि सूचनाका लागी सञ्चार माध्यम नै प्रभावकारी रहेको औल्याउनु भएको थियो । कार्यक्रममा प्रवासमा रहेर पत्रकारीता गर्ने वातावरण बनाउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend