logo
  • शुक्रबार, साउन ८ २०८३

२ लाख ७५ हजार मुल्य बराबरको अवैध मालसामान तथा वोईलर कुखुरा बरामद


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

उर्मिला यादव “यात्री”, नवलपरासी साउन ६ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको करिब २ लाख ७५ हजार ८ सय मुल्य बराबरको बिभिन्न मालसामान तथा अवैध वोईलर कुखुरा जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।
प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको करिब १ लाख १९ हजार मुल्य बराबरको थान कपडा, लेडिज कुर्ता सुरुवाल, लेगिज, पर्दा लगायतका कपडा पाल्हिनन्दन गाउंपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको छ ।
वरामद भएका सम्पुर्ण मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ५ वटा मोटरसाईकलमा राखि ल्याउदै गरेको ३सय ९२ जिउ वोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं.१८ बंजरियाबाट वरामद गरेको जनाएको छ ।

बरामद भएको कुखुराको मुल्य करिब १ लाख ५६ हजार ८ सय बराबर रहेको छ । वरामद भएको कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend