logo
  • शुक्रबार, साउन ८ २०८३

मर्चवारमा गर्भवती महिलाहरुको लागि निशुल्क भिडियो एक्सरे सेवा संचालनमा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

ज्ञानेश्वर उपाध्याय ,भैरहवा साउन ०४।
रुपन्देहीको बिकट मर्चवार क्षेत्रमै पहिलो पटक गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा संचालन भएको छ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको मझगावाँ स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि उक्त सेवा संचालन गरिएको हो । स्वास्थ्य चौकी संरक्षक समिति सदस्य एवम् कोटहीमाई गाउँपालिका वडा नं. ५ कि वडा सचिव रिता अर्यालले उक्त सेवाको रिबन काटेर उद्घाटन गरेकी हुन् । मर्चवारभरीमा पहिलो पटक उक्त सेवा निःशुल्क भएको हुँदा महिलाहरुको लागि ठुलो उपलब्धी भएको उनले बताइन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य अपुर्ति ब्यवस्थापन केन्द्र बुटवलको लागत र कोटहीमाई गाउँपालिकाको समन्वयबाट रु. ८ लाख १९ हाजार २ सय ५० रुपैयामा आएको पोर्टेबल यूएसजी नामक उक्त एक्सरे मेशीनबाट मझगाँवा स्थास्थ्य चौकीमा प्रसुतिको लागि आउने गर्भावती महिलारुमा कुनै समस्या देखिँदा आवश्यक्ता अनुसार एक्सरे गर्ने स्वास्थ्य चौकी इन्चार्ज सोम बादुर सुनारले बताए ।

गर्भवती महिलाहरुको पाठेघरमा कुनै समस्या देखिएमा, बच्चा उल्टो देखिएमा लगायत कुनै समस्या देखिएको अवस्थामा भिडियो एक्सरे गर्ने तालिम प्राप्त उक्त स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी सुप्रिया थापाले बताइन् । आ.व. २०७७/०७८ उक्त स्वास्थ्य चौकीममा ५ सय ५० भन्दा बढी गर्भावती महिलाहरुले चेकजाँच गराएकी तथा ५ सय १० जनाले प्रसुति गराएकी स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी गौमाया चौधरीले बताइन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend