logo
  • शुक्रबार, साउन ८ २०८३

रुपन्देहीमा साेमबार ४२ जनामा कोरोना संक्रमण पुष्टी, ५८ जना अस्पतालमा उपचाररत


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

ज्ञानेश्वर उपाध्याय, भैरहवा साउन ०४।
रुपन्देहीमा साेमबार ४२ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । पछिल्लो २४ घण्टामा गरिएका २३५ जनाको पिसिआर परीक्षणबाट १९ महिला र २३ पुरूषमा संक्रमण पुष्टी भएकाे हाे । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाबाट ४७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा ११ महिला १० पुरूषा गरी २१ जना संक्रमित थपिएका छन। त्यस्तै बुटवल उपमहानगरपालिकामा १६ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा १-१ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३१८ रहेको छन्। जसमध्ये ५८ जना अस्पतालमा उपचाररत छन भने २६० जना हाेम आइशाेलेशनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend