logo
  • शुक्रबार, असोज ९ २०८३

गीतकार हुम गरैको शब्द संगीतमा “विरहको तिज” गीत सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी साउन ०४ ।
हिन्दु नेपाली महिलाहरुको महान पर्व आउन झण्डै २ महिना बाँकी रहदा बजारमा तिज पर्वसँग सम्बन्धीत गीतहरु भने सार्बजनिक हुने गरेका छन् । यतिबेला गायक गायिकाहरु तिज गीतहरु रेकर्ड गर्न, म्युजिक भिडियो तयार गर्न व्यस्त छन् ।
चर्चित गायक तथा सर्जक हुम गैरेको लय तथा शब्दमा गायिका कमला बि.शी.को ‘बिरहको तिज’ गीत सार्बजनिक भएको छ । गीतमा गायक ईन्द्र जि.सी.,गायिका सिता केसी, हुम गैरे, कमला बि.शी र धिरज खत्रीको सुमधुर स्वर रहेको छ। चेली र माईती बिचको कारुणीक कथा ब्यथालाई गीत मार्फत ल्याइएको गितकार हुम गैरेले बताए ।

गीतकार हुम गैरेको निर्देशन तथा सम्पादन रहेको बिशाल मुभिज प्रा.लि.मार्फत बजारमा आएको हो । गितमा चर्चित मोडल प्रेम खड्का, धिरज खत्री, रमा ठकुरी, मधु रसाईली, अनिल भण्डारी, रामचन्द्र भण्डारी लगायतको जिबन्त अभिनय रहेको छ ।


गीतको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend