साझा नेटवर्क
गुल्मी, साउन, ४ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका रुपाकोट वडा नं ७ राभको उपल्लो भागको जंगलमा मानिस झुडिएको अबस्थामा फेला परेको छ। लास धेरै पहिलेको भएको हुँदा सबै कुहिएर सकिन लागेको अवस्थामा छ।
घटना स्थल नजिक मन्दिरको माला, बिजुली चुरोट र एक जोडा कालो रंग को हात्ती छाप चप्पल पनि घट्ना स्थलमा भेटिएको छ। लास महिला को हो कि पुरुष को हो भनेर यसै भन्ने अवस्था नभएको तर चप्पल हेर्दा पुरुष को लास हो कि जस्तो पनि देखिएको छ। घटना स्थलमा प्रहरी को टोलि पुगेको छ। गाउँमा कोहि हराएको छ छैन भनेर सोधपुछ गरियो तर अहिलेसम्म लास को कुनै पहिचान हुन सकेको छैन। थप जानकारी आउन बाँकी..

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend