logo
  • आइतबार, असोज ११ २०८३

रुपन्देहीको प्रहरी कार्यालय तथा नागरिक सेवा केन्द्र प्रविधि मैत्री बन्दै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

ज्ञानेश्वर उपाध्याय, भैरहवा साउन ०३ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आउने सेवाग्राहीलाई लक्षित गर्दै डिजिटल प्रविधिमा आधारित(कम्प्युटर कृत) नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
सेवा केन्द्रको (साउन ३ गते आइतवार) शुभारम्भ गर्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक(डिआइजी) मुकुन्द राज आचार्यले नागरीकका कामहरु छिटो छरितो सम्पादन गर्ने उद्धेश्यले स्थापना भएको सेवाकेन्द्रले कार्यसम्पादनमा थप सजिलो हुने भनी जानकारी दिए। नागरीकको शान्ति सुरक्षाका लागी मात्र प्रहरी कटिबद्ध रहेको जनाउदै उनले डिजिटल प्रविधिमा आधारित सेवा केन्द्र सञ्चालनले अब नागरिकलाई फाईदा हुने र कुनै पनि काम लिएर प्रहरी कार्यालयमा गए पछि पद्धति अनुसार काम हुने बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक मनोज केसीले नागरीक सेवा केन्द्रलाई कम्प्युटरकृत बनाईएको बताए । अब कुनै पनि नागरिक समस्या लिएर आउदा पहिला गेटमै रहेको नागरिक सेवा केन्द्रमा आफनो काम र फाट उल्लेख गरे पछि सेवा केन्द्रका प्राविधिकले कम्प्युटरमा निवेदन इन्ट्री गरे पछि सो सम्बन्धित फाटमा पुग्ने भएकाले काममा सहजता आउने र जो पहिला आउछ उसैको काम अगाडी हुने र उनिहरुलाई टोकन समेत दिईने प्रहरी उपरीक्षक केसीले बताए ।

पछाडी आएर मेरो पहुच छ छिटो काम हुन्छ भन्ने हुदैन, सबै टोकन प्रणाली अनुसार हुन्छ, उन्ले भने। आजै प्रहरी नायव महानिरीक्षक(डिआइजी) आचार्यले सिद्धार्थनगर नगर पालिका वडा नम्बर १को बेलहिया – परासी बाइपासमा प्रहरी चेक प्वाईन्ट कक्षको उदघाटन गरे । प्रहरी कक्ष निर्माण ५ लाख रुपैया लागतमा तयार भएको रुपन्देही प्रहरी प्रवक्तम एवं प्रहरी नायव उपरीक्षक(डिएसपी)सत्य नारायण थापाले बताए ।

राजमार्गमा चेकिंग गर्न बस्ने प्रहरी जवानहरुका लागी त्यहा कुनै कक्ष नहुदा बाटोको छेउमा अस्थाई कुटी बनाई प्रहरी बसेका देखिन्थे । प्रहरी कक्ष निर्माणले अब घाम पानीमा पनि सेवामा खटनेअधिकृत एवं जवानहरुलाई सजिलो हुने प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend