साझा नेटवर्क
साझा नेटवर्क, कतार साउन २ ।
लामो समयदेखि कतारलाई कर्मथलो बनाउदै आएका साझा नेटवर्कका भिडियो तथा फोटो पत्रकार तिलु शर्मा पौडेल सम्मानित भएका छन् । गैर आवासीय नेपाली संघ कतारको नवौँ राष्ट्रिय महाधिवेशनबाट पौडेल पत्रकारिता पुरुस्कारद्घारा सम्मानित भएका हुन । संघको कार्यकाल २०१७-२०१९ मा स्थापित साहित्य, पत्रकारिता र खेलकुद पुरस्कार अन्तर्गत पौडेल “पत्रकारिता पुरस्कार” बाट १५ हजार १ रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।
उनलाई प्रवासमा रहेर नेपाली समुदायलाई विभिन्न क्षेत्रका सूचना तथा जानकारीहरू प्रदान गर्दै समाज सेवाको अभियानमा पत्रकारिता मार्फत अमूल्य योगदान पुराएकोमा सम्मान गरिएको गैर आवासीय संघ कतारले जनाएको छ।
कोरोनाको महामारीका बेला कतारबाट भएका करिब ५० वटा चार्टर उडानमा पौडेलले ४४ वटा उडानका समयमा एयरपोर्ट पुगेर प्रत्यक्ष रिपोर्टिङ गरेका थिए । उनले एयरपोर्टबाट पीडितका आवाज जस्ताको तस्तै आम पाठक सामु पुराएका थिए ।
सन २०१४ बाट पत्रकारीताको शुभारम्भ गरेका उनी साझा नेटवर्क, म्याग्दी अनलाइन, बेनीअनलाईन हुँदै लालीगुराँस र केन्द्रबिन्दु डटकम अनलाईन पोर्टलमा काम गरी सकेका छन् भने छापा सञ्चार अन्तर्गत खासगरी ग़ैर आवासीय नेपाली, बैगे़िक रोज़गार तथा अप्रवासी कामदारका समाचारलाई प्राथमिकतामा राख्दै आएका छन् ।
सामाजिक रूपमा विभिन्न संघ-संस्थामा आवद्ध रहेका पौडेल कतारमा निडर र निष्पक्ष पत्रकारिता गर्ने पत्रकारका रूपमा परिचित छन् भने अफिसियल रूपमा पोखरा न्युजसँग आवद्घ रहेर पत्रकारिता गरी रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend